नेपाली त जम्मा २ करोड हुन् बाँकी सबै विहारी र भारतीय हुन् : ज्ञानेन्द्र शाही (भिडियो)

मनिषा थापा

पिएनपिखबर : ज्ञानेन्द्र शाहीले नेपालमा जम्मा २ करोड मात्र नेपाली जनता रहेको बताएका छन्। उनले २ करोड बाहेक सबै विहारी र भारतीय नागरिक रहेको अभिव्यक्ति दिएका छन् । जन्मसिद्धको आधारमा नागरिकता लिंदैमा नेपाली नहुने शाहीको भनाई छ। नेपालीले बंशजका आधारमा नागरिकता पाउने भएकोले जन्मसिद्ध नागरिकताको आवश्यक नपर्ने उनले अभिव्यक्ति दिएका छन्।

शाही हाल भ्रष्टचार विरुद्ध ‘नेपाल कै लागि नेपाली’ भन्ने अभियानमा लागिरहेका छन्। यसै अभियानमार्फत कर्णाली पुग्दा भ्रष्टचार विरुद्ध स्थानीय पत्रकारलाई लेख्नको लागि अनुरोध गर्दा पनि पत्रकारले लेख्न नमानेको उनको गुनासो छ। उनले भने, ‘कर्णाली परदेशको विरुद्ध लेख्ने त्यहाँको पत्रकारको हैसियत नै छैन। यदी उनीहरुले केहि लेखेमा रोजीरोटी नै खोसिने डरले उनीहरु पत्रकारको आचारसमिता उलंघन गरेका छन्।’ पत्रकारसमेत् भ्रष्टचारमा उत्तिनै सहभागी रहेको उनको आरोप छ।

उनले शहरमा भन्दा बढी गाउँमा भ्रष्टचार व्यापक हुने गरेको बताएका छन्। उनले भने, ‘प्रत्येक गाउँपालिकामा ९० लाख पर्ने स्कार्पियो छ। जुन जनताबाट अशुलेको रकम हो।’ बाँकी हेर्नुहोस भिडियोमा….

प्रतिक्रिया

सम्बन्धित समाचारहरू