नेपाली बालिका बलात्कृत, दिल्लीमा पाइन न्याय

मनिषा थापा

भारतको नयाँ दिल्लीस्थित घरेलु कामदारको रुपमा रहेकी १४ वर्षिया बालिकालाई बलात्कार गर्ने अभियुक्त पक्राउ परेका छन्। नेपालको डोटी जिल्ला साहिल गाउँपालिका वडा नम्बर-४ स्थायी घर भएकी (राधा) नाम परिवर्तित उनलाई आफूले काम गर्ने घरको आफ्नै साहुको छोराले बलात्कार गरेका थिए । दिल्ली प्रहरीमा कार्यरत दलविर सिंहका ३३ बर्षीय छोरा पंकज सिंहले उनलाई गत जुन ३०, २०१९ का दिन १ बजे बलात्कार गरेका थिए ।

पक्राउ परेका पंकज सिंह विवाहित हुन् भने उनको दुई छोरी छोराछोरी रहेका छन् । नेपाली जन सम्पर्क समिति र माईती ईण्डियाको संयुक्त टिमले मेहरौली थानामा पुगेर आवश्यक उजुरी गरेपछि एफआइआर दर्ता भएको थियो । मेडिकल जाँचपछि उनको बलात्कार भएको पुष्टि भएको थियो । अदालतमा पहिलो चरणको बयान समेत सकिएको माइती इण्डियाले जनाएको छ ।

पीडितको न्यायका निम्ति आवश्यक खर्च समेत पाण्डेले नै गरिरहेको बताइएको छ । आरोपित दिल्ली प्रहरीका सहायक निरीक्षक सिंहका छोरा भएकाले दोषीलाई बचाउन लागिरहेको अवस्थामा नेपाली दूतावास, भारतको विदेश मन्त्रालय, भारतीय गृह मन्त्रालय, नेपाली जन सम्पर्क समितिका पदाधिकारीहरुको पहलमा दोषीलाई तीन दिनको अथक प्रयासपछि दोषीलाई नियन्त्रणमा लिएको माइती इण्डियाले जनायो । आवश्यक अन्य कारवाही तथा पीडितको न्यायको लागि समाजसेवी बालकृष्ण पाण्डेको नेतृत्वमा पहल भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू