नेपाली युवकको भारतमा हत्या

अस्मिता बेल्बासे

सप्तरी, १ फागुन : भारतमा एक नेपाली युवकको गोली प्रहार गरी हत्या भएको छ। हत्या हुनेमा सप्तरीको बोदेबर्साइन नगरपालिका–१० खडगपुर अमरैयाका २२ वर्षीय डम्बर यादव रहेका छन् ।

बोदेबर्साइन नगरपालिका–८ स्थित एक ग्यारेजमा काम गर्दै आएका यादव ग्यारेजकै कामका निम्ति भारतको झन्झारपुर गएका थिए ।

ग्यारेज मालिक सत्येन्द्र यादवले नै प्रयोग गर्ने भारतीय नम्बर प्लेटको स्कारपियो लिएर गएका उनलाई घर फर्कने क्रममा पछाडिबाट मोटरसाइकलमा आएको समूहले मंगलबार गोली प्रहार गरेको पारिवारिक स्रोतको भनाइ छ ।

पहिलो गोली स्कारपियोको टायर र दोस्रो गोली डम्बरलाई लागेको थियो । डम्बरको शवलाई नेपाल ल्याएर बुधबार अन्तिम संस्कार गरिएको हो ।

प्रतिक्रिया