नेपाली सेनाको परिवार कसरी सखाप भयो ? यी आमाले खुलाइन वास्तविकता (भिडियो)

मनिषा थापा

पिएनपिखबर : गत साता चितवनको भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित एकै परिवारका तीन जनाले आत्महत्या गरेका थिए। ३४ वर्षीया माया आलेमगर र उनका दुई सन्तानले सलमा पासो लगाएर आत्महत्या गरेका हुन्।

मृतक माया आलेमगरको श्रीमान नरवहादुर आले मगर नेपाली सेनामा कार्यरत छन्। उनी विदा हुँदा मात्रै घर आउने गर्थे। उनी विदा सकेर पुन काममा फर्किएको केहि दिनपछि यस्तो घटना घटेको हो।

घटनाको प्रत्यक्षदर्शी यी आमा भन्छिन, ‘हामीले घटना घटेको विहान ७ बजे थाहाँपायौ। ढोकासबै लगाएको थियो। झ्यालबाट हेर्दा ३ जानै एकैठाउँमा झुन्डिएको शव देख्यौ। खबर पाएपछि श्रीमान आएर प्रहरीको सहायतामा शव निकालियो।’ उनले थपिन, ‘मायाको छोरा घटना हुने अघिल्लो दिन जन्मदिनको चकलेट बाड्दै हिडेको थियो। त्यस परिवारको कसैसँग झैझगडा पनि परेको थिएन। के कारणले आत्महत्या गरे भनेर अनुमान गर्न मुस्किल छ।’ बाँकी हेर्नुहोस भिडियोमा..

प्रतिक्रिया

सम्बन्धित समाचारहरू