‘द भ्वाइस अफ नेपाल’का प्रतिस्पर्धी दिनेश न्यौपानेले लिएर आए नयाँ कोसेली “तिम्रो याद” [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर, भक्तपुर  :  दिनेश न्यौपानेको आवाज रहेको “तिम्रो याद” बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।

दिनेश न्यौपाने हालै ‘द भ्वाइस अफ नेपाल’मा प्रतिष्पर्धीको रुपमा रहेका छन्। उनी अहिले भोटिंग राउण्डमा प्रवेश गरिसकेका छन्। यस गीतका संगीतकार आशुतोष राई हुन्।

उक्त गीतमा प्रेमपछिको बिछोडको वेदना प्रेमीले दर्शाई रहेको देख्न पाइन्छ। गीतको छयांकन र सम्पादन रणधीर श्रेष्टले गरेका छन् भने निर्देशन जी.बी. आग्रीले गरेका हुन्। एरेन्जर बुद्ध स्याङ्बाको रहेको गीतमा दिपक बिक, नेना शर्मा र चन्दन भट्टराई शर्माको अभिनय रहेको छ।

साथै  दिनेश न्यौपानेलाई ‘द भ्वाइस अफ नेपाल’मा जिताउन चाहानुहुन्छ भने  भोट पनि गर्न सक्नु हुनेछ। भोट गर्नको लागि भोटिङको तरिका यस्तो रहेको छ ।
१. नेपालमा हुनु हुनेले मोबाइलको मेसेजमा गई १२ टाईप गरी ३७००० मा एस.एम,एस पठाउनु पर्नेछ।
२. नेपाल टेलिकमको प्रयोगकर्ताले १६६६७७१२ मा कल गरी भोट गर्न सक्नु हुनेछ ।
४.‘द भ्वाइस अफ नेपाल’को एप डाउनलोड गरी पनि भोट गर्न सकिनेछ।

भोटिङ शनिबार राती १० बजेबाट आईतबार दिउँसो १२ बजेसम्म गर्न सकिने छ ।

प्रतिक्रिया