नेपाल आइडलका बिक्रम बरालको “कस्तो दुरी” गीतको भिडियो सार्वजनिक

सन्दीप खत्री

काठमाडौँ, ३ जेठ : दोस्रो नेपाल आइडलबाट चर्चामा आएका गायक बिक्रम बरालको सुमधुर स्वरमा “कस्तो दुरी”गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नारायण गौतमको शब्द शृजनामा तयार भएको उक्त गीतमा चर्चित संगीतकार तथा गायक हरि लम्सालको संगीत रहेको छ ।

गायक बराल स्वयमले अभिनय गरेको भिडियोमा प्रियंका खड्काको अभिनय रहेको छ । युवाअवस्थामा माया, प्रेम, मिलन र बिछोडमा हुने प्रेमाभावलाई जीवन्त शैलीमा प्रस्तुत गरिएको भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् । जसमा प्रियंका र बिक्रम दुवैको अभिनय सशक्त रहेको छ । माहाराज थापाको एरेन्ज रहेको गीतको छायांकन बुद्ध थापाले गरेका हुन् भने सम्पादन विकाश धमलाले गरेका हुन् । भिडियो टुभेल्व नोट्सबाट सार्वजनिक गरिए लगत्तै राम्रो प्रतिक्रिया आइरहेको निर्माण यूनिटले जनाएको छ ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया