नेपाल आइडलको टप १० मा रहेका पवन गिरीका बाबुले मागे भावुक हुँदै छोराको लागी भोट [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। नेपाल आइडल सिजन टु ले फेरी एकपटक धमाका मच्चाएको छ। कला र गला भएका तर अवसर नपाएकालाई अवसर दिने एउटा गतिलो प्ल्याटफम बन्न सफल अहिलेको चर्चित गायन रियालिटी शो नेपाल आइडलका एक दमदार सहभागी पवन गिरि पनि हुन्।

दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नम्बर पाँचमा जन्मेर काठमाडौको शंकरदेब क्याम्पसमा स्नातक तह अध्ययनरत पवन गिरि आफ्नो क्षमतालाई बाहिर ल्याउन नेपाल आईडल सिजन टुमा सहभागी भएका छन् । उनी नेपाल आइडल सिजन टु मा उत्कृष्ट २० भित्र पर्न सफल भएका छन् ।

गिरीलाई सानैदेखी गायन, लेखन, संगीतमा रुची थियो । तर उनले पारिवारिक समस्या, नाजुक आर्थिक स्थितिका कारणले आफ्नो कला बाहिर प्रस्तुत गर्ने उचित वातावरण पाएनन् । संगित सिक्ने मन हुदाँ हुँदै पनि उनले सिक्न सकेनन् । सानैदेखी गायक बन्ने सपना बोकेका उनलाई अहिले एपीवानमा संचालन भईरहेका नेपाल आईडल सिजन२ ले उनको क्षमता देखाउने फोरम बनेको छ ।

उनी विशेष गरि बेस्टन ज्याज टाईपको गीत गाउन रुचाउँछन् । पर्याप्त मात्रामा संगित सिक्नको लागी नसकेपनि पछिल्लो दुई वर्ष यता उनी संगितसंग आवद्ध हुन थालेका छन् । उनी कहिलेकाही आफ्नो चाहाना पुरा गर्न तथा पकेट खर्च जुटाउनका लागी आफुले चिनेका साथीहरुसंग कहिलेकाही ठमेलका क्लबहरुमा गएर गित गाउने गर्दछन् ।

उनका बाबु भिम बहादुर गिरी आरआर क्याम्पसमा पालेको काम गर्दछन् । पालेको काम गरेर जिविको पार्जन गर्ने गिरी परिवारले पवनलाई उनको ईच्छा अनुसार परिवारले संगित सिकाउन सकेनन् । पवन अहिले आफै खर्च जुटाएर संगित सिक्न थालेका छन् । उनले आफ्नो क्षमता नेपाल आईडल सिजन२मा प्रस्तुत गरिरहेका छन् । बच्चा देखीको गायक बन्ने सपना पुरा गर्न उनी नेपाल आईडल सिजन२मा सहभागी भएका छन् । उनी नेपाल आईडल सिजन २ जितेर आफ्नो सपना पुरा गर्न चाहान्छन् ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया

सम्बन्धित समाचारहरू