भव्यताकासाथ सम्पन्न, नेपाल क्योकुशिन सेईसिकाईकान कराँते अन्तर्गत रेफ्रि सेमिनार

admin

काठमाडौं, २७ पुस : नेपाल क्योकुशिन सेईसिकाईकान कराँते अन्तर्गत रेफ्रि सेमिनार भव्यताकासाथ सम्पन्न भएको छ । गएको पौष २५ गते सम्पन्न भएको उक्त कार्यक्रम नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघ केन्द्रीय डोजोको आयोजनामा आशापुरी डोजो भक्तपुरको डोजो प्रमुख हर्क बहादुर तामाङ (सुर्य लामा ४ डान) को संयोजकत्वमा भएको थियो ।

प्रमुख अतिथि सुर्यविनायक नगरपलिकाका मेयर बाशुदेव थापा रहेको कार्यक्रमको सभापतित्व नेपाल क्योकुशिन सेईसिनकाईकान संघका अध्यक्ष एवं नेपालका लागि ब्रान्चचिफ तथा WKKO world कमिटि उपाध्यक्ष समेत रहेका सिहान अशोक कुमार श्रेष्ठले गरेका थिए ।

समाजसेवि गोविन्द बहादुर अधिकारि विशेष अतिथि रहेको कार्यक्रममा संघको तर्फबाट महासचिव प्रविण बस्नेतले र आयोजक तर्फबाट डोजोको सचिव सुरेन्द्र लामाले आ-आफ्नो मन्तव्य राखेका थिए । विभागीय आर्मी लगाएत नेपालभरिबाट ९१ जना खेलाडिहरुले उक्त सेमिनारमा सहभागीता जनाएका थिए ।

मेयर थापाले सहभागी खेलाडिहरुलाई प्रमाणपत्र वितरण गर्दै आफ्नो अमुल्य मन्तव्य राखेका थिए । मन्तवयको क्रममा उनले समृद्ध नेपाल सुखी नेपालीका साथै स्वस्थ नेपाली जोडनु पर्ने कुरा औंल्याएका थिए । त्यसको लागि नेपाल अधिराज्यभरि क्योकुशिन कराते फैलाउनुपर्ने कुरा सम्पूर्ण सहभागी खेलाडीहरुलाई आव्हान गरिएको थियो ।

महिला हिंसा अन्त्यको लागि महिलाहरुले यो कराँतेको विशेष प्रशिक्षण लिनुपर्ने कुरालाई जोडदिदै नगरपालिका र आफ्नो व्यक्तिगत तर्फबाट आर्थिक, भौतिक र नैतिक सहयोग समेत गर्ने वाचा गरे । त्यसैगरि नेपाल फुलकन्ट्याक कराते महासंघ वरिष्ठ उपाध्यक्ष एवं टेक्निकल चिफ रामजी प्रशाद बज्राचार्यद्वारा रेफ्रि प्रशिक्षण दिइएको थियो । उक्त कार्यक्रम मिस नेवा प्रजिता श्रेष्ठले संचालन गरेकी थिइन् ।

प्रतिक्रिया