नेपाल छिट्टै भारतमा बिलय हुन्छ : हेमन्त सेढाई (भिडियो)

मनिषा थापा

पिएनपिखबर : संसदमा नागरिकता विधेयक विचाराधीन रहेकै अवस्थामा गृह मन्त्रालयले ‘अंगीकृत नागरिकता पाएकाको सन्तानलाई बंशजको आधारमा नेपाली नागरिकता दिन’ ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएपछि नागरिकता विधेयक संसोधनको विषय चरम उत्कर्षमा पुगेको छ। साथै  बुद्दिजीवि, जन स्तर, राजनीतिक विश्लेषक तथा  विज्ञहरुबाट नागरिक विधयेक संसोधनको चर्को विरोध भईरहेको छ।

नागरिक विधेयक पारित भए नेपाल छिट्टै भारतमा बिलय हुने नागरिकताविद् हेमन्त सेढाईले बताएका छन्। न्यायपालिकाले समेत् यस विषय जाएज रहेको बताएकोमा उनले आपत्ति जनाएका छन्। उनले भने, ‘नागरिकता भनेको चकलेट बाडे जस्तो लाइन लगाएर टिका लगाएर दिने हैन।भारतले नेपालको भुमिमाथि गिद्धे नजर लगायो। नेपालमा भईरहेको चलखेल भारतको योजनामा भएको हो। मतदानबाट जनसंख्या अतिक्रमण गरेर देशलाई नै भारतले हडप्न खोजे।’ उनले थपे, ‘अब राष्ट्रिय विखण्डन देशमा हुदैन यसमा सबै ढुक्क भए हुन्छ, केहि बर्ष पछि देश नै नरहने पक्का छ।’  यसले सम्पूर्ण जनतामाथि नै घात हुने उनको भनाई छ।

नेपाल जस्तो सानो भू-भागभएको देशमा नागरिकता नीति कमजोर नभई कठोर हुनु पर्ने सेढाईको भनाई छ। प्रधानमन्त्री समक्ष तत्काल नागरिकता संशोधन विधेयक २०७५ लाई स्थगित गर्न पहल गरेको उनले बताए। उनले नागरिकता विधयेक संसोधन विरुद्ध ७७ जिल्लाबाट ह्स्ताक्षर सङ्कलन अभियान शुरु गरेका छन्। बाँकी हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू