‘नेपाल–भारत सम्बन्ध सही ‘ट्रयाक’मा छ’

शर्मिला गुरुङ

नयाँ दिल्ली, ३० फागुन : भारतका लागि नेपाली राजदुत निलाम्बर आचार्यले नेपाल–भारत सम्बन्ध अझै राम्रो बनाउनुपर्नेमा जोड दिएका छन् ।
नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग संक्षिप्त कुराकानी गर्दै राजदुत आचार्यले यस्तो बताएका हुन् ।

उनले भनेका छन्,‘नेपाल–भारत द्धिपक्षीय सम्बन्ध अहिलेपनि सुमधुर छ, राम्रो छ, तर यसलाई अझै राम्रो बनाउनुपर्छ । यसको लागि म लागिरहेको छु।’ आफू द्धिपक्षीय सम्बन्ध सुमधुर बनाउन केन्द्रित भएको र यसको लागि कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे ।

उनले भने,‘अहिले नेपाल र भारतबीचको सम्बन्ध सही ट्रयाकमा छ ।’ आचार्यले अहिले दुई देशबीचको सम्बन्ध राम्रो हुनुमा भारतले नेपालको आन्तरिक मामिलामा कुनै चासो नदिनु नै मुख्य कारण रहेको सुनाए ।

उनले यसअघि नेपालको राजनीतिमा भारतको चासो रहेको भएपनि अहिले कुनै चासो नरहेको आफूले पाएको पनि स्पष्ट पारे । उनले भने,‘नेपालमा जो प्रधानमन्त्री बनेपनि भारतले सहयोग गर्छ । मिलेर काम गर्छ ।’ नेपालको विकास र समृद्धिप्रति भारत सकारात्मक रहेको पनि उनले विश्वास दिलाए ।

प्रतिक्रिया