नेपाल-भारत हवाई उडानको तयारी

admin

काठमाडौं, १४ असोज : नेपाल-भारत हवाई उडान सुरु गर्ने तयारी भएको छ । कोरोना भाइरसको महामारी कारण बन्द भएको हवाई उडान दुई देशका नागरिक र अन्य निश्चित निकायका व्यक्ति मात्रै बोक्न पाउने गरी उडान सुरु गर्न भारतले नेपाललाई प्रस्ताव पठाएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले छिट्टै उडान सुरु हुन सक्ने बताएका छन् । ‘भारतले अझै पनि नियमित उडान सुरु गरेको छैन । उनले भने, यस्तो अवस्थामा एअर बबल ट्राभलमार्फत उडान हुनेछ, मन्त्रिपरिषद्ले निर्णय गरेर पठाउनासाथ हामी उडानका तयारी थाल्छौँ ।’,

मन्त्रालय स्रोतका अनुसार भारतीय पक्षको प्रस्तावअनुसार स्वास्थ्यसम्बन्धी मापदण्ड र नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानमा अहिले लागू गरेको नियमअनुसार उडान गर्ने तयारी भएको छ । भारतको प्रस्तावअनुसार दुई देशका एअरलाइन्सले पहिलेको भन्दा निकै थोरै संख्यामा उडान गर्ने र उडानमा नेपाल र भारतका नागरिक, कुटनीतिक नियोग, संयुक्त राष्ट्र सङ्घका प्रतिनिधि तथा विकास साझेदार नियोगका कर्मचारीले मात्रै उडान गर्न पाउनेछन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार ‘लामो समयदेखि उडान नहुँदा नेपाल र भारतका नागरिकले अत्यावश्यक कामको लागि पनि एक अर्को देशमा जान नसकेको अवस्थालाई ध्यान दिएर उडान सुरु गर्न लागिएको हो, उडानमा दुई देशका नागरिक र कुटनीतिक नियोग तथा विकास नियोगमा कार्यरत तेस्रो देशका नागरिक र उनीहरुका परिवार मात्रै रहनेछन् ।’,

भारतीय पक्षको प्रस्तावसँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन मन्त्रालयले यस विषयमा भएको छ । भारतले पठाएको ‘एअर बबल ट्राभल’ को प्रस्तावमा मन्त्रालयमा छलफल भइसकेको र यो प्रस्ताव बुधबार मन्त्रिपरिषदमा दर्ता हुने सम्भावना रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया