नेपाललाई मोहरा बनाएर नेपाली मुकुण्डोभित्र विशाल विदेशी ल्याएर खडा गर्ने रणनीति भयो : भरत दाहाल (भिडियो)

मनिषा थापा

पिएनपिखबर : राजनीतिक विश्लेषक भरत दाहालले परिवर्तनको नाममा २००७ साल देखि वर्तमान समयसम्म भएको पटकपटक आन्दोलन, युद्ध र क्रान्ति मात्र एउटा नाटक भएको टिप्पणी गरेका छन्। देशमा पटक-पटक आन्दोलन गर्दैमा देश नबन्ने उनको भनाई छ।

नेपालमा आजसम्म जति पनि परिवर्तन भए ती सबै विदेशी शक्तिको चलखेलमा भएको उनको दावी छ। सरकारले नागिरकता संसोधन विधयेक २०७५ पारित गर्दा नेपाल नरहने अबस्था सृजना हुने भन्दै उनले आपत्ति जनाए।

नागरिकता विधेयकको विवाद अहिलेमात्र नभएर पहिला देखि नै उठिरहेको उनले बताएका छन्। उनले भने, ‘नागरिकता एउटा नेपाल विरुद्धको दह्रो नीति हो। हिजो अंग्रिकृत नागरिकताबाट आज बंशज नागरिकता प्रदान गर्दा नेपाली र गैरनेपालीको अन्तर मेटिन्छ। नागरिकताको आडमा माननीय पदमा पुग्न विदेशीलाई बाटो खुल्छ।’

उनले अघि भने, ‘सिआईए र रअकाे डिजाइनमा नेपालमा मुकुण्डो बनाउने तयारी भईरहेको छ। नागरिकता प्रदान गरेर नेपालमा विदेशी भित्र्याउने र यहाँका जनतालाई रोजगारीको नाममा विदेश लगेर नेपाल रित्याउने योजना भईरहेको छ। नेपाललाई एउटा मोहोरा बनाएर नेपाली मुकुण्डोभित्र विशाल विदेशी ल्याएर खडा गर्ने रणनीति विदेशीको छ।’ हेर्नुहोस राजनितिक विश्लेषक भरत दाहालसँग गरिएकाे कुराकानी….

 

 

प्रतिक्रिया