नेपाल र भारतबीचको सम्बन्ध कमजोर बनाउने षडयन्त्र भयो : परराष्ट्रमन्त्री ज्ञवाली

admin

काठमाडौं, ३ बैशाख : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारतबीचको सम्बन्ध कमजोर बनाउने षडयन्त्र बेला बेला हुने गरेको बताउनुभएको छ । नेपाल भारत मैत्री संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री ज्ञवालीले सनसनीपूर्ण गलत अपुष्ट सूचना संप्रेषण गरेर नेपाल भारत सम्बन्धलाई प्रदुषित गर्ने प्रत्यन्त भएको समेत बताउनुभयो ।

उहाले सरकार नेपाल र भारतको सम्बन्ध थप प्रगाढ बनाउदै अघि बढाउन प्रतिवद्ध रहेको धारणा राख्नुभयो । मन्त्री ज्ञवाली नेपाल भारतसंगको मित्रतालाई उच्च महत्व दिने र आर्थिक सामाजिक साझेदारीमार्फत सम्बन्धलाई परिणाममूखि बनाउन चाहनेको जिकिर गर्नुभयो । नेपाल भारतबीच असल सम्बन्ध र समझदारी बाहेक अर्को बिकल्प नरहेको उहाले बताउनुभयो ।

त्यस्तै सञ्चारमन्त्री पार्वत गुरुङले छिमेकी राष्ट्रहरुको सम्बन्ध थप प्रगाढ भए जनताको सम्बन्ध पनि प्रगाढ हुने बताउनुभयो । उहाले नेपाल र भारतबीचको सम्बन्धमा चिसोपना आउन नदिने उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाल भारत मैत्री संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया