नेपाल लेखा शिक्षक समाजको तदर्थ समिती गठन

admin

काठमाडौं : सामुदायिक विद्यालयको माध्यमिक तहमा लेखा विषय अध्यापनरत शिक्षकहरुले नेपाल लेखा शिक्षक समाजको तदर्थ समिती गठन गरेका छन । धुलिखेल शिक्षा तालिम केन्द्रमा बागमती प्रदेशका विभिन्न जिल्लाबाट उपस्थित हुनुभएका शिक्षकहरुको भेलाले सर्वसम्मतबाट ज्ञानोदय मा.वि. बाफल काठमाडौका शिक्षक बिष्णुप्रसाद ज्ञवालीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

समितिले १ महिना भित्र आवश्यक प्रक्रिया पूरा गरि कानुनी रुपमा मान्यता प्राप्त गर्ने समितिका अध्यक्ष ज्ञवालीले जानकारी दिनुभयो । भेलामा उपस्थित शिक्षक अमृतलाल श्रेष्ठले देशभरीका लेखा विषयका शिक्षकहरुलाई समेटेर शिक्षकको पेशागत हितको अभिवृद्धि गर्ने, शिक्षण पेशालाइ मर्यादित बनाउने जस्ता कार्यमा समितिले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै भेलामा उपस्थित शिक्षक माधव प्रसाद पन्तले लेखा विषयको पाठ्यक्रममा गर्नुपर्ने सुधारका लागि सुझाव प्रदान गर्न तथा लेखा विषयको अध्ययनलाई व्यवहारिक प्रयोगसङ्ग जोड्न आवस्यक पहल गर्नका लागि समितिको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया