नेप्से परिसूचक २७ सय ३८ बिन्दुमा

admin

काठमाडौं, २ जेठ : आइतबार शेयर बजार कारोबार मापक नेप्से परिसूचक र कारोबार रकम दुवैले नयाँ रेकर्ड कायम गरेको छ । नेप्से परिसूचक आइतबार ५४ अङ्कभन्दा धेरैले बढेर दुई हजार सात सय ३८ दशमलव २९ अङ्कमा पुगेको छ । यो अहिलेसम्मकै उच्च विन्दु हो । यसअघि सबैभन्दा उच्च विन्दु २ हजार ७ सय ३५ दशमलव ४६ अङ्क रहेको थियो ।

कारोबार हुने सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको परिसूचक पाँच सय ८४ दशमलव २१, जीवन बीमा समूहको परिसूचक पाँच सय २८ दशमलव ७८ र विकास बैंक समूहको परिसूचक एक सय १२ दशमलव ५९ अङ्कले बढेको छ ।

यस्तै आइतबार कारोबार रकमले पनि नयाँ रेकर्ड कायम गरेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आइतबार १० अर्ब ४० करोड रुपैयाँ बराबरको दुई करोड १३ लाख कित्ता सेयर किनबेच भएको छ । यो एकैदिन कारोबार भएको रकम अहिलेसम्मकै उच्च हो ।

नेपाल रिइन्स्योरेन्ज कम्पनी लिमिटेडको सबैभन्दा धेरै ८५ करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । रुरु जलविद्युत् परियोजना लिमिटेडको शेयर आज सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया