नेविसंघ त्रिवि सचिव रावल पक्राउ

admin

काठमाडौँ, असार १० : नेविसंघ त्रिवि समिति सचिव योगेन्द्र रावललाई प्र हरीले प क्राउ गरेको छ। आज कीर्तिपुरस्थित कोठाबाटै उनलाई प्र हरीले नियन्त्रणमा लिएको हो।

आफूलाई प्र हरीले नियन्त्रणमा लिएर दरबारमार्गस्थित प्र हरी वृत्तमा लगिएको रावलले बताए। रावलमाथि त्रिवि समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने योजनाकारको आरोप छ।

यसअघि अदालत हाजिर भएका रावलमाथि ३६ लाख धरौटी माग गरिएको थियो। प्र हरीले प्र हरी वृत्त कीर्तिपुरमा नराखेर आफूलाई दरबारमार्ग ल्याएको र राजनीतिक प्रतिशोध राखिएको दाबी रावलको छ।

विश्वविद्यालयले नेविसंघले यसअघि गरेका २३ बुँदे सहमति कार्यान्वयन नगरेर प्रहरी लगाएर पक्राउ गरिएको रावलको भनाइ छ। चलाउनेमाथि गत असोजमा मरनासन्न हुने गरी कु टपिट भएको थियो।

प्रतिक्रिया