नौ महिने गर्भवती महिलाले गरिन आत्महत्या, शिशु आमाको खुट्टामा जिउदै झुण्डीरहेको अवस्था फेला

रिता घिसिंग

पिएनपिखबर : मध्य प्रदेशको कटनीमा गरिबीदेखि हैरान भइ नौ महिने गर्भवती महिलाले पंखमा पासो लगाई आत्महत्या गरेका छन्। यसैबेला उनको प्रसव भयो र शिशुको जन्म भयो। शिशु नालमा फसेर आमाको खुट्टामा झुण्डीरहेको अवस्थामा जिउदै फेला परेको हो ।

बिहिबार बिहान सन्तोषले लक्ष्मीलाई झुण्डिएको अवस्थामा देखे। त्यसपछी उनले प्रहरीलाई खबर गरे प्रहरी घटना स्थल पुग्ने बित्तिकै स्त्री रोग विशेषज्ञलाई बोलाए। स्त्री रोग विशेषज्ञले बच्चाको नाल काटी शिशुलाई अस्पताल पुर्याएका छन्। शिशु स्वस्थ छन्।

प्रहरीका अनुसार लक्ष्मीले चरम गरिबीका कारण आत्महत्या गरेकी हुन्। यस महिलाको यो पाचौ बच्चा हो। अत्यधिक गरिबीका कारण महिलाले आफ्नो सन्तानको पालनपोषण गर्न सकिरहेको थिएन।

प्रतिक्रिया