न्यायाधीशकी श्रीमती ब्रा’उन सुगरसहित प’क्राउ

admin

काठमाडौं : तुलसीपुरमा एक जना न्यायाधीशकी श्रीमती ब्रा’उन सुगरसहित प’क्राउ परेकी छन्। उच्च अदालत सुर्खेत जुम्ला इजलाशका न्यायधीश मदन पोख्रेलकी श्रीमती तुलसालाई प्र’हरीले आईतबार दिउँसो तुलसीपुरबाट ब्राउन सुगर जस्तै देखिने लागुऔषध सहित नियन्त्रणमा लिएको हो। तुलसा न्यायाधीस मदनकी कान्छी श्रीमती हुन्।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ की ४२ वर्षीया पोखरेल आइतबार दिउँसो ब्राउन सुगरसहित प’क्राउ परेकी हुन्। तुलसीपुर बजारस्थित पोखरेलको घर अगाडि पार्किङ गरेर राखेको पोखरेलको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिक्की भित्र राखेको अवस्थामा प्लाष्टिकसहित २.२२ ग्राम ब्रा’उन सुगर बरामद भएको प्र’हरीले जनाएको छ।

इलाका प्र’हरी कार्यालय तुलसीपुरका प्रमुख शिबहादुर सिंहका अनुसार गोप्य सूचनाको आधारमा इप्रका तुलसीपुर र जिल्ला प्र’हरी कार्यालय घोराहीबाट खटिएका सादा पोशाकका प्र’हरीले पोखरेलको स्कूटरमा प्रतिबन्धित लागूऔषध बरामद बरामद गरेका थिए । त्यसपछि प्र’हरीले पोखरेललाई नियन्त्रणमा लिएको थियो ।

तर, प’क्राउ परेकी पोखरेलले आफूलाई फसाइएको तथा आफ्नो स्कूटरमा फेला परे पनि त्यो ब्राउन सुगरबारे आफूलाई थाहा नभएको भन्ने दाबी गरेको डिएसपी सिंहले जानकारी दिए। पोखरेलका श्रीमान मदन पोखरेल उच्च अदालत सुर्खेतमा न्यायाधीशका हुन्।

प’क्राउ परेकी पोखरेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहकी जिल्ला कमिटी सदस्य पनि हुन्। पोखरेललाई इप्रका तुलसीपुरको थुनुवा कक्षमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया