न्युयोर्कमा कोरोनाबाट एकैदिन सात सय ३१ जनाले ज्यान गुमाए

admin

काठमाडौं, २६ चैत : कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणबाट अमेरिकी शहर न्युयोर्क सबैभन्दा बढी प्रभावित भएको छ । न्युयोर्कमा भाइरसबाट सङ्क्रमित हुने र ज्यान गुमाउनेको संख्या लगातार बढिरहेको छ ।

मंगलबार एकैदिन न्युयोर्कमा सात सय ३१ जनाको ज्यान गएको छ । न्युयोर्कमा भाइरसको प्रकोप देखिएपछि एकैदिन ज्यान गुमाउनेको यो संख्या अहिलेसम्मकै धेरै हो । न्युयोर्कमा मात्रै भाइरसको सङ्क्रमणबाट पाँच हजार चार सय ९८ जनाको ज्यान गएको छ ।

न्युयोर्क राज्यका गभर्नर एण्ड्रयु कुमाले न्युयोर्कवासीहरुलाई मानिस मानिसबीचको दुरी कायम गर्न र घरभित्रै बस्न सचेत गराएका छन् । ‘हामीले यसलाई कडा रुपमा पालना गर्नुपर्छ किनकि जीवन यसमै निर्भर छ’, उनले भने ।

पछिल्लो दुई दिनयता न्युयोर्कमा सङ्क्रमित हुने र ज्यान गुमाउनेको संख्या घटिरहेको थियो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट चार लाखभन्दा धेरै सङ्क्रमित भएका छन् भने १२ हजार आठ सय जनाको ज्यान गएको छ । सङ्क्रमितमध्ये २१ हजार तीन ६ सय ७४ जना निको भएका छन् ।

प्रतिक्रिया