एक हप्तामै ५० वर्ष पुरानो जटिल गणितीय प्रश्न हल गरेपछि, एमआईटीमा नियुक्ति भइन् : लिसा

अस्मिता बेल्बासे

एजेन्सी, अमेरिकी विश्वविद्यालयकी एक विद्यार्थीले फुर्सदको बेला एक हप्ताभन्दा कम समयमा ५० वर्षदेखि समाधान हुन नसकेको गणितको एउटा जटिल प्रश्न हल गरेकी छिन् ।

लिसा पिच्चिरिल्लो‘ले टेक्सस विश्वविद्यालयमा आफ्नो विद्यावारिधिमा काम गर्दै गर्दा ‘कन्वे नट प्रब्लम’को नामले चिनिएको प्रश्न हल गरेकी हुन् । आफ्ना गुरु गणितज्ञ तथा प्राध्यापक क्यामरुन गोर्डनसँग कुरा गर्दै गर्दा उनले सहज रूपमा आफ्नो हल देखाएकी थिइन् ।

उनी किन तिमी खुसी नभएको भनेर चिच्याए, पिक्सिरिल्लोले विज्ञानसम्बन्धी समाचार साइट क्वान्टालाई भनिन्, ‘प्राध्यापक त खुसीले उन्मत्त भए ।’ ‘कन्वे नट’ प्रब्लम सन् १९७० मा ब्रिटिश गणितज्ञ जोन होर्टनले बनाएका थिए ।

पिच्चिरिल्लोले यसको बारेमा पहिलो पटक सन् २०१८ मा एउटा कार्यक्रममा सुनेकी थिइन् । उनलाई यो पुरानो र प्रसिद्ध प्रश्न हो भन्ने हेक्का थियो जस्तो मलाई लाग्दैन, प्राध्यापक गोर्डनले भने ।

पिच्चिरिल्लोको उत्तर यो वर्षको सुरुमा एनल्स अफ म्याथम्याटिक्स जर्नलमा प्रकाशित भएको छ । यो प्रश्न हल गरेपछि उनले प्रसिद्ध एमआईटीमा सहायक प्राध्यापकको पद पाएकी छिन् ।

यो प्रश्न लामो समयदेखि हल भएको थिएन र धेरै गणितज्ञहरूले प्रयास गरे पनि समाधान गर्न सकेका थिएनन्, स्पेनका गणितज्ञ हाभियर अरामायोनाले भने ।

कन्वे नट के हो ?
यो प्रश्न निकाल्ने ‘जोन हर्टन’ कन्वे गत एप्रिलमा कोरोनाभाइरस संक्रमणका कारण ८२ वर्षको उमेरमा बिते । केम्ब्रिज र प्रिन्सटनजस्ता प्रसिद्ध विश्वविद्यालयमा काम गरेका कोन्वे चर्चित गणितिज्ञ थिए ।

तर एउटा विद्यार्थीले प्रसिद्ध प्रश्न कसरी सहजै हल गरिन् त ? पिच्चिरिल्लोले ११ स्थानमा वारपार भएको गाँठोजस्तै अर्को गाँठो बनाइन् जुन हल गर्न सहज थियो ।

त्यो नयाँ गाँठोलाई हल गर्दा प्राप्त उत्तरलाई उनले कन्वे नटमा प्रयोग गर्न सफल भइन् । ‘मैले दिउँसो यसमा काम गरिनँ किनभने मलाई यो साँच्चैको गणितको प्रश्न जस्तो लागेन,’ उनले क्वान्टालाई भनिन्। ‘मलाई यो गृहकार्य जस्तो लाग्यो र मैले घर गएर यसलाई हल गरेँ।’

पिच्चिरिल्लो अमेरिकाको सबैभन्दा ग्रामीण माइन राज्यमा जन्मेकी हुन्, उनले बोस्टन विश्वविद्यालयमा गणित अध्ययन गरेकी थिइन् ।

प्रश्न के थियो ?
यो प्रश्न गणितको टपोलजी भन्ने गाँठोसम्बन्धी अध्ययन गर्ने क्षेत्रमा पर्छ । टपोलजीमा कुनै पनि वस्तुलाई बङ्ग्याइयो वा तन्काइयो भने त्यो नभाँच्चिएको अवस्थामा कस्तो हुन्छ भनेर अध्ययन गरिन्छ ।

गणितीय गाँठोहरूका दुई छेउ जोडिएका हुन्छन् र सबैभन्दा सजिलो गाँठो गोलो हुन्छ र खोल्न सकिँदैन । तर धेरै स्थानमा गुजुल्टो पर्दै जाँदा ती गाँठोहरू कठिन बन्दै जान्छन् ।

यो गणितीय ज्ञान विज्ञान र अन्य क्षेत्रमा महत्त्वपूर्ण हुन्छ र वैज्ञानिकहरूले यसलाई आर्थिक बजारदेखि डीएनएको आकारसम्म अध्ययन गर्न प्रयोग गरेका छन् ।

प्रतिक्रिया