पछाएको भन्दै महिलाले काटीदिए प्राइवेट पार्ट, घाइतेको अस्पतालमा मृत्यु

रिता घिसिंग

पिएनपिखबर : एक महिलाले आफुलाई पछाएको भन्दै एक व्यक्तिको प्राइभेट पार्ट काटिदिएको छ। प्राइभेट पार्ट काटिएपछि घाइते भएका व्यक्तिको मुम्बईको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीकाअनुसार ४२ बर्षिय ति महिलालाई गृह ऋण सलाहकार तुषार पुजारेले उनलाई धेरै दिनदेखि पछाई रहेको थियो। साथै उक्त व्यक्तिले महिलाको घर गएर पतिलाई आफ्नो बारेमा समेत सोधपुछ गरेको थियो।

रिसाएका उक्त महिलाले चक्कुले पुजारेको गोप्य अंग काटीदिए। त्यसपछि महिलाले घाइतेलाई अस्पताल पुर्याएपछि उनि फरार भएका हुन्। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेका छन्। घटनामा महिला मात्र संलग्न नभई अन्य २ व्यक्ति पनि रहेको प्रहरी बताउछन। फरार रहेका आरोपी महिलालाई प्रहरीले अझै खोजिरहेका छन्।

प्रतिक्रिया