पछिल्लो २४ घण्टामा १४९७ जनामा कोरोना संक्रमण, १७ जनाको मृत्यु

admin

काठमाडौं, असोज ८ : पछिल्लो २४ घण्टामा १४९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कोरोना संक्रमिको कुल संख्या ६९ हजार ३०१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १४९७ जनामा कोरोना संक्रमित थपिएको बताउनुभयो ।

पछिल्लो २४ घण्टामा काठमाडौं काठमाडौं उपत्यकामा ७५५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं मा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४५७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

यो सहित हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ५० हजार ४११ पुगेको छ । पछिल्लो २४ घण्टामा ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गरिएको छ । संक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृ’त्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या ४५३ पुगेको छ ।

प्रतिक्रिया