पछिल्लो २४ घण्टामा १९८० जनामा कोरोना संक्रमण, १६ जनाको मृ’त्यु

admin

काठमाडौं, मंसिर ८ : नेपालमा पछिल्लो २४ घण्टामा १९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९८० जनामा कोरोना संक्रमण पुष्टि हो ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ३८१ जनाको पीसीआर परीक्षण गरिएको छ ।पछिल्लो २४ घण्टामा ३ हजार ४३ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ ।देशभर १८ हजार ८८४ कोरोना सक्रिय संक्रमित छन् ।

नेपालमा कोरोनाबाट १३ सय ३७ जनाको मृ’त्यु भएको छ । सोमबार मात्रै १६ जनाको मृ’त्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना संक्रमणबाट मृ’त्यु भएको छ । योसँगै कोरोनाबाट हालसम्म मृ’त्यु हुनेको संख्या १३३७ रहेको छ ।

प्रतिक्रिया