पछिल्लो २४ घण्टामा २३ जना संक्रमितको मृ’त्यु, १६१४ संक्रमित, १४३७ संक्रमणमुक्त

admin

काठमाडौं, मंसिर ११ : पछिल्लो २४ घण्टामा १६१४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६१४ जनामा कोरोनाको संक्रमण पुष्टि हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको जम्मा संख्या २ लाख २७ हजार ६४० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ । हाल १६ हजार ७९३ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृ’त्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या १४१२ पुगेको छ ।

प्रतिक्रिया