पञ्चपुरि,चौकुने र बराहमा र्यापिड परिक्षण शुरु गरौ: युवा नेता पन्च सिंह

खगेन्द्र हमाल

सुर्खेत: सत्तारूढ दल अनेरास्ववियुकि प्रभावशाली युवा नेता पन्च सिंहले कर्णाली प्रदेशको राजधानी सुर्खेत स्थित पन्चपुरी, चौकुने र बहरातालमा तत्काल र्यापिड परिक्षण शुरु गर्नुपर्ने बताउनुभएको छ।विश्व महामारीको रूपमा फैलिएको कोरोना भाईरसलाई मध्यनजर गर्दै उहाले तत्काल यसबारे सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउनुभएको छ।

नेता सिंहका अनुसार कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेत स्थित केहिदिन देखि पञ्चपुरि नगरपालिकामा भारतबाट झण्डै दुई सयभन्दा बढि मान्छे गाउँघरमा आएकाे तथ्यांक पालिकामा छ ।याे पालिकाकाे अवस्थाले कर्णालीकाे प्राय गाउँहरुकाे अहिलेकाे यो अवस्थाकाे प्रतिनिधित्व गर्न जरुरी छ।भारत लगायत अन्यत्रबाट आउनेहरुकाे वास्तविक तथ्यांक संकलन गर्ने, बाहिरबाट आएकालाई यथासिध्र आवश्यक स्वास्थ्य परिक्षण गर्ने,परिवार र समाजमा भेटघाट जाेखिमपुर्ण छ भन्ने सचेतना जगाउने,बाहिर बाट आएकाहरुलाई सेल्फ क्वारेन्टाइन र क्वारेन्टाइनमा राख्ने,यदि अटेरी गरेर नमानेमा सुरक्षाकर्मीकाे सहयाेगमा क्वारेन्टाइनमा राख्ने र गाउँमा हिडडुल गर्न बन्द गर्ने,सेल्फ क्वारेन्टाइन र क्वारेन्टाइनमा राखिएकाकाे तत्कालै नमुना परिक्षणकाे पहल गर्ने,गाउँ समाजमा बस्नेहरुलाई अनिवार्य लकडाउनकाे पालना गर्न सचेत बनाउने लगायतका बारेमा गम्भीरतापूर्वक ध्यानाकर्षण गर्न जरुरी भएको बताउनुभयो ।


भारत लगायत अन्य ठाउबाट गाउँमा आएकाहरुको निर्वाध घुमफिर र भेटघाट जारि रहेकाे नेता सिंहले जानकारी दिनुभयो ।क्वारेन्टाइन र सेल्फ क्वारेन्टाइनमा बस्न आब्हान गर्दा समेत कार्यान्वयन नगरिएको र बस्न चाहनेहरुका लागि उचित ब्यवस्थापन हुननसकेको बताउदै भारतबाट आउने केहिथान मान्छेहरु नजिककाे स्वास्थ्य चौकिमा गएर हामी भारतबाट आएकाे हाे स्वास्थ्य परिक्षण गरिदिन पर्याे भन्दा टाढै बाट रुघा ज्वराे आए सम्पर्क गर्नु नत्र घर बस्नु भनी फर्काइएको जानकारी दिनुभयो।

भर्खरै घर घरमा एक एक पिस नुहाउने साबुन बाडिएको छ।खानेपानीको ट्याङ्कीमा किट्नाषक अौषधि बाटो बाटोकाे एरियामा छर्किएकाे छ तर गाउमा भेटघाट हिडडुल निर्बाध रहेकाे अहिले सम्म हिड्न डुल बन्द गरौ घर बसौ भन्ने,नमानेमा अाबश्यक कारबाहीको पहल गर्ने जस्ता गतिविधि नभएकाे बताउनुभयो।कतिपय गाउँहरुमा जहाँ रेडियाे टेलिभिजन पहुच समेत सबै जनतामा छैन,अार्थिक परिचालनमा स्थानिय निकाय नै स्वायत्त छ।

केन्द्र र प्रदेश सरकारबाट पनि अावश्यकता अनुसार व्यवस्थापनको मनग्ये पहल भईरहेको छ।अार्थिक परिचालन राेग टाउकोमा अौषधि नाइटाेमा हाेला भन्ने खतरा बढेकाेले समेत समस्या पैदा गरेकाे बताउनुभयो।

नेता सिंहले पञ्चपुरि नगरपालिका ,बराहताल गाउँपालिका र चौकुने गाउँपालिकामा सरकारकाे पहलमा तत्काल र्यापिड परिक्षणकाे ब्यवस्थापन गर्न जोडदार माग गर्नुभयो।यस महामारीको नियन्त्रण गर्न तत्काल क्वारेन्टाइनको आवश्यक पर्याप्त व्यवस्थापन गर्न बिशेश जोड दिनुभयो ।परिवार र सम्बन्धित ब्यक्ति लाई क्वारेन्टाइन बस्ने भनेकाे यातना नभइ सुरक्षित रहने ब्यवस्थापन हाे भन्ने बुझाइका लागि सचेतना जगाउनु नै प्रथम दायित्व रहेको जानकारी दिनुभयो ।

पहिलाे चरण बाहिरबाट अाउनेहरुकाे नमुना परिक्षणमा बिलम्ब नगरि नमुना संकलन सुरुवात गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउदै नेता सिंहले क्वारेन्टाइनमा काेहि अाए ब्यवस्थापन गरौला भनेर कुरेर बस्ने भन्दा पनि कति लाई राख्ने, कतिकाे नमुना परिक्षण गर्ने याेजना सहित तुरुन्तै बाहिर बाट अाउनेलाई परिवार र समाजबाट अलग राख्ने,कुनै समस्या देखिहाले अहिलेसम्मकाे लापरबाहीकाे कारण परिवार मात्र नभइ गाउ नै क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था हुन सक्छ त्यसको लागि पुर्ब तयारि समेत गर्नुपर्ने बताउनुभयो।

स्वास्थ्यकर्मी र सुरक्षाकर्मी हालकाे जगेडा जनशक्तिले ब्यवस्थापन थेग्न नसक्ने जटिलतालाई ख्याल गर्दै अावश्यक जनशक्ति माग र पुर्तिकाे लागि प्रदेश र केन्द्र सरकार समयमै गम्भीर नबने भयावह स्थिति आएमा सामना गर्न निकै मुस्किल रहने बताउनुभयो।

नेता सिंहले भन्नुभयो दुनियाँ आज विश्व कोरोना भाईरसबाट आक्रान्त बनिरहेको छ।यो भाइरसको उद्गमस्थल चीनको वुहान मानिए पनि यसको संक्रमण मानवमा कसरी भयो भन्ने अहिलेसम्म प्रष्ट हुन सकेको छैन।विश्वका अधिकाशं देशहरू यसको चपेटामा परिसकेका छन्।यो भाइरसको उद्गमस्थल चिनले यसलाई नियन्त्रणमा लिइसकेको दाबी गरेको छ भने शक्तिशाली मुलुकहरू यो लडाइँमा अत्यन्त कठिनाई भोगिरहेका छन्।

उनिहरुको अत्याधुनिक प्रविधिले समेत निर्णायक भूमिका खेल्न सकिरहेको छैन। शक्तिशाली मुलुकहरू कोरोना विरुद्धको लडाइँमा असफल देखिएपछि यतिबेला विभिन्न स्वास्थ्य प्रणालीका विषयमा बहस अनुसन्धान सुरू भएको छ।बिगतको ईतिहासलाई निहाल्दा तुलनात्मक रूपमा सानो तथा करिब आधा शताब्दीभन्दा लामो समय अमेरिकी नाकाबन्दी व्यहोरेर आर्थिक समस्यामा रहेको मुलुक क्युबाले कसरी संसारकै अब्बल स्वास्थ्य प्रणाली विकास गर्न सक्यो? यस आलेखमा क्युबाको स्वास्थ्य प्रणालीलाई यतिबेला सबैले खोतल्ने प्रयास गर्ने बेला भएको छ।क्युबा आर्थिक कोणबाट तुलनात्मकरूपले हेर्ने हो भने एकदमै कमजोर मुलुक हो। उसको आर्थिक बृद्धिदर कमजोर हुने प्रक्षेपण भएका छन्।

मासिक ज्यालादर करिब २० डलर छ। यो सम्भवत दुनियाँको सबैभन्दा कम हो।क्युबाको स्वास्थ्य संरचना भने विश्वकै अब्बल मानिन्छ।सन् २०१९ मा संसारभरको बाल मृत्युदर सरदर ४२.५ प्रतिहजार हुँदा क्युबाको जम्मा ४.३३ थियो। जुन अमेरिकाको भन्दा कम हो। त्यसैगरी औसत आयु ७८.९ वर्ष छ, जुन विकसित मुलुकहरुको हाराहारीमा हो।

डाक्टरको संख्या १ करोड १० लाख जनसंख्यालाई ९५ हजार छ। अर्थात्, करिब १ सय १५ जना बराबर एक डाक्टर छन्। जुन संसारको सबैभन्दा बढी हो।यसरी आर्थिक रुपले कमजोर मुलुकले स्वास्थ्य क्षेत्रमा असाधारण प्रगति हासिल गरेको छ।

आन्तरिक स्वास्थ्यका साथै क्युबाका डाक्टरहरु अन्तर्राष्ट्रिय जगतमा समेत अब्बल साबित भएका छन्। आज पनि करिब ३० हजारको संख्यामा विभिन्न ६७ देशमा कार्यरत छन्। सरकारी स्तरबाटै पठाइने ती डाक्टरहरु, जसलाई फिडेल क्याष्ट्रोले ’आर्मी अफ ह्वाईट कोट’ को संज्ञा दिएका थिए। उनीहरु क्युवाको अन्तर्राष्ट्रिय कुटनीतिक सम्बन्ध विस्तार गर्नुको साथै विदेशी मुद्राको आर्जनको प्रमुख स्रोत बनेका छन् भने विभिन्न देशमा आइपर्ने ठूलाठूला प्राकृतिक विपत्ति र महामारी नियन्त्रणमा क्युबाली डाक्टरहरुले सफल भूमिका निर्वाह गरिरहेका छन्।

क्यूबाको स्वास्थ्य प्रणाली अध्ययन गर्दा सन् १९५९ मा पुग्नुपर्छ, जतिबेला फिडेल क्याष्ट्रोको नेतृत्वमा समाजवादी क्रान्ति मात्र सम्पन्न भएन, समाजवादी स्वास्थ्य मोडलको जग बसाल्ने काम समेत सुरु भयो। समुदायमा आधारित स्वास्थ्य प्रणालीमा जोड दिइयो।उता अमेरिकाले स्वतन्त्र बजारको नाममा स्वास्थ्य क्षेत्रको निजीकरणमा जोड दियो। पुँजीवादले स्वास्थ्य क्षेत्रलाई नाफा कमाउने साधनका रुपमा प्रयोग गर्‍यो।

जुन पुँजीवादको स्वभाविक चरित्र हो। पुँजीवाद नाफा केन्द्रित हुने हुँदा उसले ’रोग’लाई पनि नाफा आर्जन गर्ने अवसरको रुपमा लियो। त्यसैले अमेरिकाले रोगको रोकथाममा लगानी गरेन।तर क्युबाको समाजवादी मोडलमा निजी लगानी बर्जित थियो। जहाँ नाफाको गुञ्जायस थिएन।

त्यसैले उसले रोग लागेर उपचारभन्दा, प्रतिरोध मा जोड दियो। स्वास्थ्य सेवालाई समुदायमा आधारित बनायो। विद्यालय शिक्षामा अनिवार्य स्वास्थ्य शिक्षा समावेश गरियो। मेडिकल विद्यार्थीहरुलाई निश्चित समय समुदायमा बसेर अध्ययन गर्नुपर्ने व्यवस्था भयो।

पुँजीवादी मुलुकमा जहाँ बढी अवसर देखिन्छ, डाक्टरहरू त्यतै केन्द्रित भए, दूरदराजमा विशेषज्ञ सेवाको सधैं अभाव रह्यो। उनीहरुलाई नाफाको पछाडि दौडिनु स्वाभाविक थियो। क्युबामा भने निजी स्वास्थ्य सेवाको अन्त्य र सामुदायिक स्वास्थ्य प्रणाली अवलम्बन गरेपछि डाक्टरहरू समुदायमा बस्न थाले। समुदायका हरेक मान्छेको स्वास्थ्य अवस्थाको विषयमा डाक्टरहरू जानकार रहे। उनीहरुको बीचमा भावनात्मक सम्बन्ध स्थापित भयो।

हरेक नागरिकको घरघरमा पुगेर सेवा दिन थाले। उपचारभन्दा प्रतिरोधमा जोड दिने प्रणालीका कारण सररफाई, पोषण आदि पनि समुदायका डाक्टरहरूको प्रत्यक्ष निगरानीमा गर्न थालियो र, क्युबाका जनताको स्वास्थ्य अवस्था गुणात्मक ढंगले सुदृढ़ भयो।विगत लामो समयदेखि क्युवामा कुनै महामारीको प्रकोप देखिएको छैन। प्रतिरोधी उपचार प्रणालीका साथै क्युवाले केही महत्वपूर्ण रोकथाम गर्ने भ्याक्सिन बनाएर दुनियाँलाई राम्रो गुन लगाएको छ।

म्यानेन्जाइटिस ’बी’ विरूद्धको खोप, इबोला बिरुद्धको खोप, क्यान्सरका सेलहरुको बिस्तार रोक्ने खोप आदि बनाउनुका साथै एचआइभी संक्रमित आमाबाट बच्चामा सर्ने प्रकृया रोक्न क्युबा पूर्ण रुपले सफल भएको छ।अहिले कोरोनाको महामारीका बीच दुनियाँभर नाफामा आधारित पुँजीवादी स्वास्थ्य प्रणालीका विपक्षमा बहसहरु चलिरहेका छन्।

स्वभावैले नेपाल पनि यस बहसबाट अछुतो रहन सक्दैन। नेपालको संविधानमा समाजवाद उन्मुख मुलुक लेखिएको र स्वास्थ्यलाई मौलिक हकमा राखिएको छ। अब नेपालको स्वास्थ्य प्रणालीको रुपान्तरणका विषयमा गम्भीर बहस जरुरी छ।

प्रतिक्रिया