पञ्चपुरि नगरपालिकालाई राहत वितरणमा बिभेद नगर्न नेकपा नगर कमिटीको सुझाव

खगेन्द्र हमाल

सुर्खेत: यतिबेला मानवजाती कोरोना भाईरस (COVID-19) को बढ्दो महामारीका कारण दोस्रो बिश्वयुद्ध पछिको सबैभन्दा खराब अवस्थाबाट गुज्रिरहेको छ।यसको उपचारमा प्रमाणविक भ्याक्सिन बैज्ञानिकहरुले पत्ता नलगाउञ्जेल सम्म महामारीबाट देश र जनतालाई सुरक्षित गर्ने एकमात्र विकल्पका रुपमा देखा परेको लक डाउनअर्थात बन्दाबन्दी हाम्रो देश नेपालमा पनि गत चैत -११ देखि निरन्तर चलिरहेको बिधितै छ।

हाम्रो देशमा सुषुप्त र छिमेकी देश भारतमा अाक्रामकरुपमा बिस्तार भईरहेको महामारीको अवस्थालाई विश्लेषण गर्दा लक डाउन अझै थप लम्बिने अवस्थामा रहेको अाजका मितिमा हामी सहजै अनुमान गर्न सक्दछौं ।

एउटा समस्याको समाधान अर्को समस्या हो भने झैं महामारी रोकथामका लागि अचुक उपाय बनेको लक डाउनका कारण आजको दिनमा बिश्वका करिब ५ अर्व भन्दा बढी नागरिकहरु बन्दीको जिबन ज्युन बाध्य छन् ,करोडौं मानिसहरु बेरोजगार बनेकाछन् ,विभिन्न रोग लागेकाहरुले अौषधि र उपचार पाईरहेका छैनन् ,न्यून अाय भएका अति विपन्न गरिब र ज्यालादारी मजदुरहरुको जिबनयापन अकल्पनीय कष्टकर बनेको छ।

यस प्रकार दैनिक विकराल बन्दै गईरहेको विषम परिवेशमा हाम्रो देश भित्र अस्तित्वमा रहेका तिनै तहका सरकारहरुले अाफ्ना नागरिकहरुलाई भोक भोकै मर्न नदिने उद्घघोष गरेका छन् तर विडम्बना हाम्रो यस पञ्चपुरी नगरपालिकाले लक डाउन भएको यति लामो समय बितिसक्दा पनि न्यून अाय भएका अति विपन्न तथा ज्यालादारीमा अाश्रित मजदुर,अशक्त र अपांगहरुको वास्तविक तथ्यांक एकिन र समस्याका अाधारमा वर्गीकरण गरि राहत वितरणमा गरिरहेको विलम्बले पञ्चपुरीबासी जनसमुदायहरु निकै चिन्तित एवम् निराश बनेका छन् ।

नेकपा नगरकमिटी अध्यक्ष मान बहादुर विकका अनुसार एकातिर जनताहरु अभावको जाँतोले पिल्सिदै दर्दनाक दैनिकी व्यहोरेर राहतको अाशामा छट्पटाईरहेका छन् भने अर्कोतिर नगरपालिकाको नेतृत्व गहुँ पाकिसक्य अब काटेर खाए भईहाल्छ भन्दै रमिते बनिरहेको तितो यथार्थ सबैका सामु स्पष्ट छ।

जनतालाई एक चक्की साबुन र किट्नाषक अौषधि बोकेको ट्याङ्कर २/४ दिन नगरपालिका भरी नचाउदैमा नगरपालिकाको अाफ्नो जिम्मेवारी पूरा भएको यदि ठानेको छ भने यो साँगुरो सोच बाहेक अरु केहि नहुने बताउनुभयो ।

मानवजाती माथि अाईपरेको यस युग कै महाँविपत्तिले सृजना गरेको महाँसंकटसंग जुध्नका लागि सबै पक्षको साथ र सहयोगमा राहतका नाममा हुने गरेको सस्तो लोकप्रियतामा अाधारित फोहोरी संसदीय राजनीतिबाट माथि उठेर मानवीय संवेदना र पदीय दायित्वबोध सहित सचेततापुर्वक निर्धारित निति र विधि भित्र रहि तत्काल पञ्चपुरीबासी समस्याग्रस्त जनसमुदायहरुलाई नगरपालिकाको तर्फबाट तत्काल राहत वितरण गर्न जानकारी दिएको बताउनुभयो।

पञ्चपुरि नगरकमिटी सचीव केशव शाहिले जानकारी दिए अनुसार कोरोना भाईरसको महामारी रोकथामका लागी नेपाल सरकारले गत चैत ११ गते देखि निरन्तर दिईरहेको लकडाउन बन्दाबन्दीका कारण कृत्रिम अभाव खडा गरि हुने कालोबजारीको प्रभावकारी अनुगमन र नियन्त्रण निम्न आयस्रोत भएका ज्यालादारी मजदुरिमा आश्रीत परिवार,अशक्त र अपांगहरूलाई राहत वितरणमा भैरहेको विलम्ब परिस्थितिमा देशका विभिन्न भागहरुमा क्वारेन्टाइनको बसाई अवधि सकेर घर फर्कनको लागी अलपत्र परिरहेका पन्चपुरीबासि नागरिकहरुको उद्दार गरि घरसम्म आउने वातावरण बनाउन नगरपालिका समक्ष जोडदार माग गर्नुभयो।

उप-प्रमुखले सामाजिक संजालमा व्यक्त गरेको गैरजिम्मेवार अमर्यादित भाषा शैलीलाई आगामी दिनहरुमा सच्याउदै अगाडि बढ्न अनुरोध गर्दै यस दुखद परिस्थिति प्रती नगर कमिटीको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो।

प्रतिक्रिया