पञ्चपुरी नगरपालिकाका १० सडक तत्काल सुचारु गर्न नेकपा पञ्चपुरीको माग

खगेन्द्र हमाल

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी नेकपा पञ्चपुरीले नगरपालिका भित्रका १० वटा सडकहरु तत्काल सुचारु गर्न नगरपालिका समक्ष जोडदार माग गरेको छ ।दशै तिहार नजिकिदै गर्दा नागरिकलाई सहज रुपमा गाउँसम्म पुग्ने मुख्य सडकहरुलाई छिटोभन्दा छिटो सुचारु गर्नपर्ने माग गर्दै नेकपाले नगरपालिका प्रमुख उपेन्द्र थापालाई ध्यानाकर्षण ज्ञापनपत्र बुझाएको छ।

चाडपर्वहरु नजिकिदै गर्दा वर्षातमा अवरुद्ध भएका मुख्य सडकहरुलाई दशैँ तिहार पहिले नै सुचारु गर्न नगरपालिकासँग नेकपाले माग गरेको छ ।नेपाल कम्युनिस्ट पार्टी नेकपाले बराइचे–चनाली, जंगला–खोर, चतुरे–भावर–लाटीकाँडा–दोवाटा, लाटीकाँडा–भक्तडी–पैसरा–च्यूरी र विद्यापुर–जाजुरादह–दोवाटा सडक सुचारु गर्न जोडदार माग गरेको छ ।

यस्तै, विद्यापुर–सुन्दरपुर राग, जामु–मुरमुरी, नासी–बाच्छी, पलैटे बजार–च्यूरिखेत–हासेगाउँ र बावियाचौर–लामिदमार–लगम सडक पनि अवरुद्ध रहेकाले सुचारु गर्न माग गरिएको नेकपा पञ्चपुरीका सचिव केशव शाहीले जानकारी दिए ।

पञ्चपुरीबाट सञ्चालन भइरहेका विभिन्न लामो तथा छोटो दुरीका यातायातका साधनहरुले यतिबेला मनपरी दोब्बर तेब्बर भाडा असुलि गरिरहेकाले तत्काल यस्ता गतिविधि हरुलाई रोक्न नगर प्रमुखको ध्यानाकर्षण गरिएको सचिव शाहीले बताए।

नगरपालिका प्रमुखलाई नेकपाले नागरिक सरोकार राख्ने १७ बुदे ज्ञापनपत्र बिहीबार बुझाएको हो ।कोभिड १९ को ब्यवस्थापनमा व्यापक आर्थिक हिनामिना भएको चर्को आलोचना भएपछि यसको सत्यतथ्य जनतामाझ विवरण सार्वजनिक गर्न नेकपाले नगर प्रमुखलाई ध्यानाकर्षण गरेको छ।

प्रतिक्रिया