पठाओ चालकलाई लुटपाट गर्ने दुई जना पक्राउ

admin

काठमाडौं, ९ माघ : ‘पठाओ चालक’लाई लुटपाट गरेको आरोपमा चन्द्रागिरिबाट दुई जना प क्रा उ परेका छन् ।

शनिबार राति कोटेश्वरबाट ललितपुरको धापाखेल जाँदै गरेका चालक प्रविन राईलाई कु ट पि ट गरी लु ट पा ट गर्ने यात्रु सिन्धुलीका सुमन तामाङ र उनका साथी खोटाङका मिनराज राईलाई प्र ह रीले प क्रा उ गरेको हो ।

प्र ह रीका अनुसार राति करिब ११ बजे कोटेश्वरबाट धापाखेल लगिदिन भनी २१ वर्षीय तामाङले प्रदेश ०२-०१-००१ प ११६६ नम्बरको एनएस पल्सर मोटरसाइकल चालक २५ वर्षीय राईलाई धापाखेलस्थित आँखीदहमा पुर्‍याएका थिए ।

प्र ह रीका अनुसार सोही स्थानमा पर्खिरहेका मिनराज र तामाङले चालक राईलाई कु ट पि ट गरी उनको मोटरसाइकल, ब्लु बुक, सामसुङ कम्पनीको मोबाइल लु ट पा ट गरेर फरार थिए ।

उनीहरूलाई महानगरीय प्र ह री वृत्त सातदोबाटो र महानगरीय प्र ह री परिसरको संयुक्त प्र ह री टोलीले काठमाडौं जिल्लाको बलम्बुस्थित चन्द्रागिरि रिकन्डिसन सोरुम नजिकैबाट चोरी भएका सामानसहित प क्रा उ गरेको हो ।

तामाङ र राईमाथि अनुसन्धान भइरहेको महानगरी प्र ह री परिसर ललितपुरका प्रवक्ता सिद्धिविक्रम साहले जानकारी दिए ।

प्रतिक्रिया