पतिले टुप्पी काट्न नमानेपछि श्रीमतीले मागिन् डिर्भोस

रिता घिसिंग

एजेन्सी : भारतमा एक युवकका बाबु आमाको सडक दुर्घटनामा मृत्यु भयो। उनी सिभिल इन्जिनियर हुन् र श्रमितीले एमबीए पास गरेकी छिन् । बाबु आमाको निधनपछि काजक्रियाका क्रममा उनको टुपी राखियो । तर पछि पनि उनले पुप्पी काटेनन् । टुप्पीकै पालेकै कारण ति ब्राम्हणको डिर्भोसको अवस्था सिर्जना भएको छ । श्रीमानले काम नलाग्ने टुप्पी पालेको भन्दै श्रीमतीले डिभोर्स दिन तयार भएको बताइएको छ ।

आफ्ना माइतीले श्रीमानको खिल्ली उडाउने गरेको र आफू अपमानित हुनुपरेको भन्दै ति महिलाले पतिलाई टुप्पी काट्नका लागी आग्रह मात्रै नभई दबाब नै दिन थालिन् । श्रीमतीको यस्तो दबाब आएपछि पतिले टुप्पी राख्ने भाकल गरेको भन्दै टुप्पी उनको मृत्युपर्यन्त नकाटिने प्रतिक्रिया आयो ।

बदलामा बरु आँफुले पतिलाइ छाड्न तयार रहेको तर टुप्पी नकाट्ने अडान लिएका छन् । भारतको भोपालको पारिवारिक अदालतमा परेको यो मुद्दालाई अहिले काउन्सिलिङमा राखिएको छ । भोपालको अरेरा कोलोनी निवासी एक महिलाले विवाहको ३ वर्षपछि डिभोर्सको निवेदन दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । समाचार स्रोतहरुका अनुसार श्रीमतीले टुप्पी राखेर श्रीमान पाखे देखिएको र आफ्नो स्तरको नभएको बताएकी छिन् ।

प्रतिक्रिया