पत्रकारमाथि गालीगलोज गरेको आरोपमा ज्ञानेन्द्र शाही पक्राउ [भिडियो सहित]

शर्मिला गुरुङ

सुर्खेत, १६ जेठ  : पत्रकारलाई गालीगलोज गरेको आरोपमा जिल्ला प्रहरीले ३२ वर्षीय ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत गत वैशाख १८ गते पत्रकारलाई तल्लोस्तरमा गाली गरी उनीहरूको इज्जतमा खलल पु¥याएको आरोपमा उजुरी परेकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार शाहीलाई कानूनबमोजिम कारवाही गर्न नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष दुर्गा थापा र प्रदेश कमिटी अध्यक्ष गणेशकञ्चन भारतीले जिल्ला प्रहरी कार्यालयमार्फत काठमाडौँस्थित महानगरीय प्रहरी परिसरमा लिखित जाहेरी दिनुभएको थियो । सोहीबमोजिम शाहीविरुद्ध विद्युतीय अपराधअन्तर्गत मुद्दा दर्ता भई अदालतबाट पक्राउ आदेश जारी भएकाले उनलाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।

पक्राउ पर्नु अघि पिएनपिखबरले ज्ञानेन्द्र शाहीसँग गरेको कुराकानी हेर्नुहोस :

शाहीलाई समात्न खोज्दा अवरोध पु¥याउने दुई महिला र छ पुरुषलाई समेत प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । उक्त घटनामा प्रहरी निरीक्षक निरञ्जन घिमिरे, प्रहरी हवल्दार प्रकाश बुढा, प्रहरी जवान जीतबहादुर बोहोरा, हस्त सिंह, रामसागर वर्मा र पवन सुवेदी घाइते भएको प्रहरीले बताएको छ । रासस

 

प्रतिक्रिया