पत्रकारलाई मन्त्रीको सहयोग

शर्मिला गुरुङ

काठमाडौँ, १५ भदौ : सुर्खेत र चितवनका अर्वुद रोगबाट पीडित दुई पत्रकारको उपचारका लागि शहरी विकासमन्त्री मोहम्मद ईश्तियाक राईले आर्थिक सहयोग गर्नुभएको छ । 

नेपालगन्जको एक कार्यक्रममा मन्त्री राईले आन्द्राको क्यान्सरबाट पीडित चितवनका पत्रकार रेशम विरही र बोनम्यारो क्यान्सर पीडित सुर्खेतका पत्रकार डिलप्रसाद शर्मालाई जनही रु ५० हजार सहयोग गर्नुभएको हो । मन्त्री राईले नेपाल पत्रकार महासङ्घ बाँके शाखाका अध्यक्ष ठाकुरसिंह थारु र पूर्वअध्यक्ष रुद्र सुवेदीलाई उक्त सहयोग रकम हस्तारण गर्नुभएको थियो । सो अवसरमा मन्त्री राईले आवश्यक परे अन्य सहयोग गर्न आफू तत्पर रहेको बताउनुभयो । रासस 

 

प्रतिक्रिया