पत्रकार पुडासैनी मृत्यु प्रकरणमा बोलिन् मेयर रेनु, महानगरले निकाल्यो विज्ञप्ति

admin

काठमाडौँ, ५ भदौ : पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा राज्यका उच्च पदस्थ नेतृत्व र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई जोडेर भ्रामक प्रचार गरेको भन्दै भएको महानगरपालिकाकी मेयर रेनु दाहालले आपत्ति जनाएकी छन्।

सामाजिक सञ्जालमा कपोकल्पित, मनगढन्ते अनगर्ल तथा भ्रामक विचारहरु सम्प्रेषण गर्ने, अपशब्द प्रयोग एवम् गालीगलौजजस्ता अमानविय क्रियाकलाप देखिनु दुखद भएको दाहालले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

घटनासँग कुनै पनि सम्बन्ध नभएका व्यक्ति एवम् संस्थालाई जोडेर अनावश्यक टिकाटिप्पणी र घटनालाई विषयान्तर नगर्न पनि विज्ञप्तिमार्फत अनुरोध गरिएको छ। ‘कुनै पनि व्यक्तिको अस्वभावित मृत्यु दखद हो। मृत्युको निष्पक्ष छानबिन गर्नु राज्य र सरकारको दायित्व हो।’ विज्ञप्तिमा अगाडि भनिएको छ।,’यसको निष्पक्ष छानबिन गरी दोषी नछुटुन् र निर्दोष नपरुन भन्ने मान्यताका आधारमा शीघ्र न्यायिक निरुपणका लागि महानगरपालिका सम्बन्धित पक्षसँग आग्रह गर्दछ।’

महानगरपालिकाले घटनाको निष्पक्ष छानबिन गरी शीघ्र न्यायिक निरुपण गर्न पनि सबै पक्षसँग अनुरोध गरेको छ। गत साउन २० गते पत्रकार पुडासैनीले चितवनको कंगारु होटलमा आत्महत्या गरेका थिए। सोही प्रकरणमा टेलिभिजनकर्मी रवि लामिछानेसहित ३ जना पक्राउ परेर अनुसन्धानको क्रममा रहेका छन्।

प्रतिक्रिया