पत्रकार विष्णु चौलागाईंको नि’धन

admin

काठमाडौं, कात्तिक १४ : कोरोनाभाइरस संक्रमणपछि उपचाररत काभ्रेस्थित काभ्रे पोस्टका प्रधान सम्पादक ५१ वर्षीय बिष्णुप्रसाद चौलागाईंको नि’धन भएको छ। गत असोज २६ गते चौलागाईंमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनी होम आइसोलेसन बसेका थिए।

तर ज्वरो बढेपछि कात्तिक १ गते उनलाई उपचारका लागि ओम अस्पताल भर्ना गरिएको थियो। ब्रोनक्राइटिस पी’डित उनमा कोरोना संक्रमण पनि देखिएपछि स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो।

‘उपचारको क्रममा ओम अस्पतालमा आज बिहान ४ बजे उहाँको निधन भयो,’ काभ्रे पोष्टका पत्रकार दीपकप्रसाद चौलागाईंले जानकारी दिए । चौलागाईं लामो समयदेखि काभ्रेमा रहेर पत्रकारितामा क्रियाशील थिए। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिनेछ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले चौलागाईंको निधनको खबरले स्तब्ध भएको उल्लेख गरेका छन्।

काभ्रे पोष्ट साप्ताहिकका प्रधान सम्पादक विष्णु चौलागाईंको नि’धनको खबरले स्तब्ध छु। चौलागाईंप्रति हार्दिक श्र’द्धाञ्जली अ’र्पण गर्दछु। शाे’क सन्तप्त परिवारजनमा हा’र्दिक समवेदना,’ उनले फेसबुकमा लेखेका छन्।

प्रतिक्रिया