पत्रकार वीरेन्द्र साहका ह*त्यारा १२ बर्ष पछि प*क्राउ

admin

बारा, फागुन २५ :बाराका पत्रकार विरेन्द्र साहको ह*त्याका मुख्य योजनाकार कुन्दन भनिने नरेन्द्र फौजदारलाई ह*त्याको १२ बर्ष पछि प्र*हरीले प*क्राउ गरेको छ । फौजदारलाई बारागढी गाउँपालिका–६ गडहल स्थित उनकै घरबाट प*क्राउ गरी जिल्ला प्र*हरी कार्यालय बारामा आइतबार सार्वजनिक गरिएको हो । फौजदार होली मनाउन घर आएको सूचनाका आधारमा प्र*हरी उनको घर पुगेको थियो ।

फौजदारलाई नियन्त्रणमा लिने क्रममा आफन्तले अवरोध गरेपछि चार राउण्ड हवाई फाइरिङ गर्नु परेको जिल्ला प्र*हरी कार्यालय बाराका प्र*हरी उपरिक्षक कृष्ण पंगेनीले जानकारी दिए । पत्रकार साहको ह*त्याका आरोपीहरु लालबहादुर चौधरी धामी, कुन्दन फौजदार, हरेराम पटेल, मनेजर गिरी र राम एकबाल सहनीलाई प*क्राउ गर्न जिल्ला अदालत बाराले आदेश दिए पनि गिरी र सहनी मात्रै प*क्राउ परी कैद सजाय भोग्दै आएका छन् ।

सर्वोच्च अदालतले सहनी र गिरीलाई सर्वस्वसहित जन्मकैदको फैसला सदर गरेको थियो । फरार रहेका धामी, फौजदार र पटेलको मुद्दा अझै जिल्लामै मुल्तवीमा रहेको छ । पत्रकार सम्मेलनमा उपस्थित बीरेन्द्र साहका भाईले दोषीहरुलाई हदै सम्मको कार्बाही हुनुपर्ने माग गरेका छन । वि.स. २०६४ असोज १८ गते स्थानीय पिपरा बजारबाट अपहरणमा परेका पत्रकार साहको शव अपहरणको ३५ दिनपछि डुमरबाना गाविस ९ मा पर्ने टाँगिया बस्ती जंगलमा गाडेको अवस्थामा फेला परेको थियो ।

प्रतिक्रिया