पत्रकार शर्माको निधन

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २८ कात्तिक : नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाका सदस्य डिलप्रसाद शर्माको उपचारको क्रममा काठमाडौँको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा निधन भएको छ । बोनम्यारोमा समस्या आएपछि चार महिना अगाडि अस्पताल भर्ना हुनुभएका २३ वर्षीय शर्माको बोनम्यारो प्रत्यारोपणका क्रममा आज निधन भएको हो ।

उहाँको निधनप्रति नेपाल पत्रकार महासङ्घले दुःख व्यक्त गरेको छ । छ वर्षदेखि सुर्खेतमा रहेर पत्रकारिता गरिरहेका शर्मा पछिल्लो समय साझा बिसौनी दैनिक र देश सञ्चार अनलाइनमा कार्यरत हुनुहुन्थ्यो । महासङ्घका महासचिव रमेश विष्टले शर्माको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र ऊर्जाशील युवा पत्रकार गुमाएको बताउनुभएको छ ।

प्रतिक्रिया