पत्रकार शालिकराम पुडासैनी हत्या वा आत्महत्या ? घटनास्थल पुग्दा जे देखियो जस्ताको तस्तै

मनिषा थापा

पिएनपिखबर : चितवनको नारायणगढस्थित कंगारू होटलको कोठामा झुण्डिएर मृत अवस्थामा फेला परेका पत्रकार शालिकराम पुडासैनीको शवलाई पोस्टमार्टमको लागि काठमाडौँको टिचिङ्ग अस्पताल ल्याइएको छ। नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ घर भएका शालिकराम पुडासैनी सोमबार राति नै झुण्डिएको अवस्थामा फेला परेका हुन ।

यति खेर पुडासैनीका आफन्तहरु होटेलमा सुनियोजित ढंगले मारिएको हो भन्दै चर्को विरोध गरिरहेका छन् भने काठमाडौँबाट पिएनपिमिडिया लगयात थुप्रै मिडियाहरु सत्यतथ्य बुज्न घटनास्थल पुगेका छन्। घटनाको प्रकृति हेर्दा जिउमा निलडाम र रडले हानेको जस्तो चोट पनि रहेको घटनास्थल पुगेका प्रत्यक्षदर्शीहरुको भनाई छ।

प्रहरीले उनको साथमा रहेको परिचयपत्रका आधारमा उनको आफन्तलाइ राति नै खबर गरेपछि उनीहरू चितवन गएका थिए । उनी नाइलनको डोरी पंखामा पासो लगाएर झुण्डिएका थिए । कंगारो होटेल भने यस विषयमा मौन छ।

बाँकी हेर्नुहोस भिडियोमा….

प्रतिक्रिया

सम्बन्धित समाचारहरू