पदमुक्त मन्त्रीहरू बालुवाटारमा

admin

काठमाडौं, ८ असार : सर्वोच्च अदालतले मंगलबार दिएको अन्तरिम आदेशसँगै पदमुक्त भएका मन्त्रीहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उनीहरू बालुवाटार पुगेका हुन्। केही मन्त्रीहरू प्रधानमन्त्रीलाई भेटेर फर्किएको र केही अहिले त्यहीँ रहेको बालुवाटार स्रोतले बतायो।

सर्वोच्चले मन्त्रिपरिषद् पुनर्गठन र विस्तार गर्ने निर्णय कार्यान्वयन नगर्न र नगराउन अन्तरिम आदेश जारी गरेपछि २० जना मन्त्री स्वतः पदमुक्त भएका थिए। २० मध्ये ११ जना जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेका थिए भने ९ जना एमालेका थिए।

प्रतिक्रिया