‘पद्यमावत’ र ‘सञ्जु’को रेर्कड तोड्दै ‘२.०’ ले गर्यो विश्वभरबाट यस्तो व्यापार !

मनिषा थापा

 एजेन्सी : रजनीकान्त र अक्षयकुमार स्टारर फिल्म २.० ले विश्वभरका दर्शकहरुको मन जित्न सफल भएको छ । फिल्मको भिएफएक्स , थ्री डि , फिल्मको कथा र कलाकारहरुको अभिनयलाई दर्शकहरुले उल्लेखनिय साथ दिएको हो । नोभेम्बर २९ मा रिलिज भएको फिल्म २.० को कलेक्सनको रफ्तार अझै कायममै छ।

फिल्मले विश्वव्यापी रुपमा १५ भित्र ७१० करोड कलेक्सन गर्न सफल भएको छ । यसले हरेक दिन नयाँ नयाँ रेर्कड बनाईरहेको छ । यसले फस्ट डे कलेक्सन र वर्ल्डवाईड कलेक्सनको प्रंसगमा आमिर खानको ठग्स अफ हिन्दुस्तानलाई धेरै पहिले पछाडी छोडिसकेको छ भने यसले बाहुबलीको पहिलो भागको रेर्कड पनि तोड्न सफल भएको छ ।

उता फिल्मले भारतीय बक्सअफिसमा पनि सञ्जु र पद्यमावतलाई पछाडी पारेको छ । २.० को हालसम्मको घरेलु कलेक्सन ३०१ करोड रहेको छ भने यही समय अवधीमा रणबीर कपुरको सञ्जुले २९७ करोड र दिपिका रणवीरको फिल्म पद्यमावतले २६८ करोड कलेक्सन गरेको थियो । २.० को करिब एक हप्तापछि केदारनाथ रिलिज भयो जसको असर फिल्ममा परेन भने केदारनाथले पनि बक्सअफिसमा राम्रो कलेक्सन गरिरहेको छ । तर डिसेम्बर २१ बाट रिलिज हुने सारुखको जिरो २.० को लागि बाधक बन्न सक्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू