पनौतीमा भैसीको पाडि वितरणले तिब्रता पायो

admin

काभ्रे: काभ्रेको पनौती नगरपालिकाले किसानका लागि भौसीको पाडि वितरण गर्ने कार्यलाई तिब्रता दिएको छ । आज वडा नं ६ दलिनचोकका ४ जना किसानलाई पाडि वितरण गरेको नगरप्रमुख भिमप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

नगर प्रमुख न्यौपानेका अनुसार नगरपालिकाले यो वर्ष वडा नं १, २, ३, ४, ८ र ७ मा गरी १ सय ७८ वटा पाडि वितरण गरिसकेको छ । माघ महिना भित्र बाँकी रहेको वडा न. ९, १०, ११ र १२ मा पाडि वितरणको सकिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले वडा नम्बर १ बाट भैसी पाडि वितरण सुरु गरेको थियो ।

प्रतिक्रिया