पप गायक सबिन लामाको ‘लै बरी लै’ को म्युजिक भिडियो सार्वजनिक [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। लोकप्रिय पप गायक सबिन लामा आफनो नयाँ गीतको म्युजिक भिडियो सहित पुन नेपाली सांगीतिक बजारमा आएका छ्न । आफ्नै शब्द , संगीत र स्वरमा रहेको नयाँ गीत “लै बरी लै”को म्युजिक भिडियोलाई सबिनले बिहिबार साझ देखि ओ एस आरको यु ट्युब मार्फत डिजिटल बजारमा ल्याएका हुन् ।

गीतको भिडियोलाइ रमणीय स्थानहरुमा छायांकन गरिएको छ । करिब २० ७० साल देखि नेपाली सांगीतिक छेत्रमा लागेका लामा पछिल्लो समय स्वदेश एबम बिदेशका विभिन्न सांगीतिक कार्यक्रमहरुमा समेत ब्यस्त रहेका छ । अब छिटै २/३ गीतहरुको म्युजिक भिडियोहरु सार्वजनिक गर्ने तयारीमा रहेका लामा गीतहरुको छायांकन एवंम पोस्टप्रोडक्सनको काममा ब्यस्त रहेको जानकारी दिए ।

धादिंङ महादेवबेसी स्थायी घर भई हाल काठमान्डौको मनमैजु स्थित हिले टोलमा बस्दै आएका भएका गायक लामाले डोरेमी सगीत पाठशालाबाट भानुभक्त ढकालसंग संगीतमा २ बर्षे कोर्ष गरेर औपचारिक रुपमा सांगीतिक छेत्रमा होमिएका हुन् । उनले राष्ट्रिय गीत ‘नेपाल जिन्दावाद’बाट २०७३ मा इमेज अवार्ड समेत पाइसकेका छन।

प्रतिक्रिया