पशुपतिनाथ मन्दिरमा भक्तजनलाई रोक लगाइकोमा विरोध

admin

काठमाडौं, ६ माघ : पशुपतिनाथमा कोरोना भाइरसको संक्रमण देखाएर भक्तजनलाई रोक लगाइएको भन्दै विरोध भएको छ ।

(हिजो) बुधबार देखि सरकारले पशुपतिनाथ मन्दिरमा नित्यपूजा बाहेकका सम्पूर्ण क्रियाकलाप बन्द गरेकोमा विरोध जनाइएको हो । रिपोर्टर्स क्लब नेपालमा बोल्दै वरिष्ठ अधिवक्ता बद्री न्यौपानले नेपालमा हिन्दुहरुलाई मात्र रोक लगाउन थालिएको टिप्पणी गरे ।

उनले भने, ‘क्रिश्चियनका चर्च र इस्लाम धर्मका मस्जिद पनि छ । तर, हिन्दु धर्मालम्बी जाने मन्दिरमा मात्र किन रोक ?’ उनले सरकारले लागू गरेका नियमअनुसार हिन्दू धर्मका कुनै पनि मन्दिरमा प्रवेश गर्न नपाइने भनिएकोमा आपत्ती जनाए ।

चर्चमा २५ जना मात्रले प्राथना नगर्ने भन्दै हजारौको संख्यामा प्रार्थना गर्ने उल्लेख गरे । हिन्दू धर्म र मन्दिरमा मात्र कोरोना लाग्ने सुन्दा बढो अनौठो लागेको उनको भनाई थियो । हिन्दूधर्मलाई मात्र सरकारले लक्षित गर्नुमा राजनीतिक दलहरुले नेपालबाटै हिन्दू धर्म सिद्धाउन खोजेको उनले आरोप लगाए ।

नेपालको १२ बुंदे समझदारी गर्दा भारतका सोनिया गान्धी, पश्चिमाको शक्तिको प्रभावबाट नेपालमा कम्युनिष्टहरु बनेको तर्क गरे । उनले भने, ‘असली कम्युनिष्ट नभई पादरी हुन् ।’ उनले क्रिश्चियनको चाँडमा बिदा दिने सरकारले राष्ट्रपिता पृथ्वीनारायण शाहको जन्मजयन्तीमा सार्वजनिक बिदा नदिएकोमा आपक्ति जनाए ।

उनले ओम्नीमा भ्रष्टाचार गर्ने अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली भएको आरोप लगाउँदै अहिलेसम्म उनलाई कसैले कारवाही गर्न नसकेको बताए । उनले भने, ‘अहिले उनी प्रधानमन्त्री छन् किन कारवाही हुँदैन् ।’

कोरोना भाइरसविरुद्धको खोपमा भ्रष्टाचार भएको भन्दै उनले प्रधानमन्त्री देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले २५ लाख भ्याक्सिनमा भ्रष्टाचार गरेको आरोप लगाए ।

उनले भने, ‘नारायणहिटी जग्गामा हामी बोल्दैनौ, बालुवाटार जग्गामा बोल्दैनौ, पशुपतिमा झलारी राख्ने क्रममा ११ किलो सुन राख्दा हामी बौल्दैनौ अदालत बन्द छ हामी बोल्दैनौ । हामी कहिले बोल्ने ?’

समाजसेवी तथा बृद्धिजिवि प्रकाश रायमाझीले राज्यले कोभिडको नाममा ब्रह्मलुट मच्चाइरेको बताए । राज्यले पशुपतिनाथ मन्दिरमा नित्य पूजा बाहेकका क्रियाकलापहरु बन्द गरेर कोभिडको नाममा आतंक मच्चाइरहेको उनले टिप्पणी गरे । कोभिडलाई राजनीतिक दलहरुले राजनीति गर्ने हतियार बनाएको उनको भनाई थियो ।

‘सत्तामा बस्नेहरु हिन्दुका सबै मठ मन्दिरहरु बन्द गरिन्छ, पशुपतिमा नित्य पुजा बाहेक सबै बन्द गरिन्छ अनि कोभिड भाग्छ । अनि तिनिहरुका सभा र सम्मेलन गर्न परेमा बिसौ हजार मानिस जम्मा हुन्छन् अनि कोभिड भाग्छ । आफ्नो महाधिवेशनमा कोभिडको सुचना आएपनि फिर्ता लिइन्छ ।’ उनले भने, ‘हिन्दुधर्मका पुजाआजा, स्वस्तानीका व्रत आउछन् तब ती महिनामा मात्र कोभिड आउँदो रहेछ । यो विचित्रको कोभिड रहेछ जसले हिन्दु धर्मलाई मात्र असर गर्छ ।’

पशुपति मन्दिर बन्द गरेमा मात्र कोभिड सकिएला त ? उनले प्रश्न गरे । सरकारले दर्शनार्थीहरुलाई मापदण्ड अपनाएर मन्दिर खुल्ला गर्नपर्ने उनको माग छ । कोभिडको नाममा अन्य धर्मको सबै खुल्ला भएको भन्दै कोभिडको कारण देखाउँदै हिन्दुको मन्दिरलाई मात्र तारो बनाएको उनले आरोप लगाए ।

कार्यक्रममा बोल्दै बिश्वभक्त बाबाले धार्मीक संस्थाहरुले नै धर्म र राष्ट्र भनेको नबुझेको बताए । उनले राष्ट्र भनेकै धर्म भएको भन्दै नेताहरुले नबुझेको उनले टिप्पणी गरे । राष्ट्रको सबैभन्दा ठुलो शक्ति भएको धर्म हो भन्दै उनले कोभिडको वहानामा मठमन्दिर र देवता नै बन्द गराएर दुनियाँ हसाएको समेत आरोप लगाए ।

भक्तहरुलाई पशु्पति नाथ गएर पुजा गर्न मिल्दैन भनेर भन्नेहरुले सबै भक्तहरुको स्वास्थ्यको जिम्मा लिनुपर्नेमा उनले जोड दिए । पशुपतिनाथ मन्दिरमा २४ सै घन्टा नित्य पुजा गर्नुपर्ने बताउँदै उनले मन्दिर दशनार्थीहरुको लागि खुल्ला गरिनुपर्ने बताए । देवको पनि देव महादेव पशुपति नाथ नामले लुटेर खानेहरुको अब दिन सकिने पनि जिकिर गरे ।

उनले भने, ‘राष्ट्र भनेको धर्म हो । धर्म भन्दा माथि कोही पनि हुन सक्दैन् । धर्मको विरुद्ध जानेहरु आफै सकिने छन् अब ।’ भष्ट्राचारीको नाइकेको संज्ञा दिँदै नेकपा माआवादीका अध्यक्ष ‘प्रचण्ड’लाई एक्लै हिडेर टुडिखेल आउन समेत उनले चुनौति दिए ।

प्रतिक्रिया