पशुपति शर्माको गीत ‘लुट कान्छा लुट’ जस्ताकोतस्तै फेरि अपलोड गर्न लोकदोहोरी प्रतिष्ठानद्वारा आग्रह

रिता घिसिंग

काठमाडौँ : नेकपा निकटका लोक गायक बद्री पंगेनीको नेतृत्वमा रहेको राष्ट्रिय लोकगीत प्रतिष्ठानले यूट्यूबबाट हटाइएको पशुपति शर्माको ‘लुट कान्छा लुट..’ बोलको गीत फेरि जस्ताकोतस्तै अपलोड गर्न आग्रह गरेको छ ।

प्रष्ठिानका अध्यक्ष पंगेनीले आइतबार एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । पंगेनीले गएको चुनावमा तत्कालिन एमालेको समर्थनको गीत निकालेर चर्चामा आएका थिए । गीतमा प्रयोग भएका र विवादित भनिएका शब्दहरु सार्वजानीक सञ्चार माध्याममा बारम्बार आइरहेकै भएकाले हटाउन जरुरी नभएको प्रतिष्ठानले ठहर गरेको छ।

त्यस्ता शब्द र आशय समाचार र लेखहरुमा आउन हुने र गीत संगीतमा आउन नहुने भन्ने मापदण्ड मान्य हुन नसक्ने बताउँदै जस्ताको तस्तै पुनः अपलोड गर्न अनुरोध गरिएको छ। भनिएको छ, ‘सार्वजानीक चासोको विषयलाई नै लोकले गीतको रुपमा स्विकार गरिने हो ।

तसर्थ पनि द्वारा गीत संगीत लोकले जस्ताको तस्तै सुन्न पाउनु दर्शक स्रोताकोको अधिकार पनि हो । कलाकार शर्मालाई उक्त गीत जस्ताको तस्तै पुनः अपलोड गर्न अनुरोध छ।’

गीत, संगीत, अभिनय लगायतका अभिव्यक्तिका माध्यामबाट जनताले सरकारको सार्वजानीक पद धारकको आलोचना गर्न पाउनुपर्ने प्रतिष्ठानले जनाएको छ। उक्त अभिव्यक्ती स्वतन्त्रता अन्तर्गतको अधिकार रहैको धारणा सार्वजनिक गर्दै वाक स्वतन्त्रताको हनन् सह्य नहुने जनाएको छ। शर्मा उक्त संस्थाका उपाध्यक्ष पनि हुन्।

प्रतिक्रिया