पश्चिमी वायु सक्रिय हुँदै, बिहीबारबाट जाडो झनै बढ्ने

मनिषा थापा

आउँदो बिहीबारदेखि देशभरि चिसो झनै बढ्ने भएको छ। पूर्वी इरान र अफगानिस्तान माथि रहेको पश्चिमी वायु बुधबार साँझ नेपाल प्रवेश गरेसँगै तापक्रम घट्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस छ भने जुम्लामा माइनस ३ ३ डिग्री सेल्सियसमा पुगेको छ।

पश्चिमी वायु नेपाल प्रबेश गरेसंगै नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू(भागमा भारी हिमपात हुने सम्भावना रहेको महाशाखाका मौसमविद् वरूण पौडेलेले जनाकारी दिए । उनका अनुसार  बिहीबारदेखि काठमाडौंमा फाटफुमात्रै घाम लाग्ने ।  

देशका पश्चिमी भूभागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भू(भागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको पौडेले बताए ।  यो मौसमी प्रणाली शनिबारसम्ममा अन्त्य हुने महाशाखाले जनाएको छ।

प्रतिक्रिया