पहिरोमा परेर दुई वटा कण्टेनर पुरिए

admin

धादिङ – पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरीमा पहिरो खस्दा दुई वटा कण्टेनर पुरिएका छन् । काठमाण्डौबाट धनगढीका लागि छुटेको ना ६ ख ६४०८ नम्बरको कण्टेनर र मुगलिनबाट काठमाण्डाैका लागि छुटेको एचआर ३३–९९०१ नम्बरको भारतीय कण्टेनर सडकमाथिबाट खसेको पहिरोमा परेर पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्र’हरी उपरीक्षक रबिन्द्र रेग्मीले जानकारी दिनुभयो ।

गजुरी गाउँपालिका वडा नम्बर १ को गलौदीमा बिहान सडक माथिबाट खसेको पहिरोले गुडिरहेको कण्टेनर पुरिएको हो ।

पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध हुँदा सयौं गाडी रोकिएका छन् । पहिरो हटाउन सडक डिभिजन कार्यालय र गजुरी गाउँपालिकाको पहल भैरहेको छ ।

प्रतिक्रिया