पहिरो जाँदा ३८ को मृत्यु

राष्ट्रिय समाचार समिति


बुजुम्बुरा, १९ मङ्सिर : बुरुण्डीमा आएको पहिरोमा परी कम्तीमा ३८ जनाको मृत्यु भएको छ ।स्थानीय अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने सिबीटोक प्रान्तमा पहिरोका कारण ती मानिसको मृत्यु भएको हो । अत्यधिक बर्षापछि बुधबार ठूलो पहिरो आएको स्थानीयले जनाएका छन् ।

पहिरोका कारण तीन ठाउँमा मृत्यु भएकाहरुको जोडेर ३८ पुगेको सार्वजनिक सुरक्षा मन्त्रालयका प्रवक्ता पिरे कुरिकियले पत्रकार सम्मेलनमा बताउनुभयो । उहाँका अनुसार न्युम्पुँदुबाट २२, गिकोमेरोबाट तीन र रुकोम्बेबाट १३ मृत शरीरलाई पहिरोबाट झिकिएको छ ।

बिहीबार दिउसो ४ बजेतिर आएको अत्यधिक बर्षा र पहिरोका कारण थप केही घरहरुमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन् । कुरिकियेले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताउँदै घटनाबारेमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया