पहिलो पटक तीन लिङ्ग भएको बच्चा जन्मियो, विज्ञानका लागि चुनौती

admin

एजेन्सी, २६ चैत : इराकमा तीनवटा लिङ्गका साथ एक बच्चा जन्मियो । यो सामान्य मानिसको लागि मात्र नभएर चिकित्सा विज्ञान तथा विज्ञका लागिसमेत आश्चर्य बनाउने घटना बन्यो । यसको पछाडिको कारण विज्ञानलाई थाहा छैन । यस अवस्थालाई ‘सुपरन्युमरेरी पेनिस’ (Supernumerary penises) भनिन्छ । अहिलेसम्म संसारभरमा एकसय द्वीलिङ्गी अर्थात् डिफालिया (Diphallia) को केस आएका छन् । तर, यो तीन लिङ्ग (Triphallia) वाला केस भने पहिलो पटक सार्वजनिक भएको हो ।

यसलाई हालसम्म संसारकै पहिलो तथा दुर्लभ घटना मानिएको छ । यसअघि द्वीलिगी बच्चा जन्मिएका समाचार मात्रै आएका थिए । तर, यसको कारणको बारेमा भने अहिलेसम्म पनि पत्ता लागेको छैन । अहिलेको यो जन्मिएको त्रिलिङ्गी बच्चाले वैज्ञानिकका अगाडि गम्भिर तथा नयाँ चुनौती खडा गरिदिएका छन् । इराकको मोसुल शहर नजिकै दोहुकमा जन्मिएको यस बच्चाका दुइवटा लिङ्ग शलयक्रिया गरी फालिएका छन् ।

विज्ञका अनुसार ६० लाख बच्चामध्ये एक बच्चा एकभन्दा बढी लिङ्गका साथ जन्मिन सक्छ । हालसम्म संसारभरी झण्डै एक सय द्वीलिङ्गी केस थाहा भएका छन् । इन्टरनेशनल जर्नल अफ सर्जरीको केस रिपोर्टका अनुसार त्रिलिङ्गी केस भने पहिलो पटक भेटिएको हो । आधुनिक चिकित्सा विज्ञानका अनुसार यो एउटा अति दुर्लभ रोग हो जुन ३ देखि १५ साताको भ्रुणमा हुने गर्छ ।

यस्तो पहिलो केस १६०० को दशकमा भेटिएको बताइएको छ । यसमा स्क्रोटम वा एनस पनि एकभन्दा बढी हुनसक्छन् । कैयौं पटक लिङ्ग अविकसित पनि हुन सक्छन् । हालसम्म भेटिएका केसहरु एक आपसमा अलग देखिएका छन् । यसकारण यसलाई एक दुर्लभ अवस्था भएकोसमेत बताइन्छ । यो घटनाको पछाडिको कारण स्पष्ट नभए पनि नशालु पदार्थको सेवन यसको कारण हुनसक्ने अनुमान गरिएको छ ।

यसबाहेक संक्रमणका कारण पनि यस्तो हुनसक्छ । रिपोर्ट जेनेटिक संरचनामा हुने परिवर्तनका कारण पनि यस्तो हुनसक्ने बताइएको छ । यसका कारण बिरामीमा ग्यास्ट्रो इन्टेस्टिनल ट्र्याक्ट, स्केलेटल वा पेल्भिक हड्डीदेखि हृदयघातको समस्याको सामना पनि गर्नुपर्ने सम्भावना छ । सामान्यतया, यी सबै अंगले सामान्य तरिकाले काम गर्ने गर्छन् । तर, यी इराकी बच्चामा भने यो अवस्था थिएन । यसकारण यसलाई सहजै शल्यक्रियाद्वारा काटेर फालियो ।

प्रतिक्रिया