पाँचवर्षीय बालकसहित दुई मृत फेला

admin

बैतडी, कात्तिक ५ : पाँच वर्षीय बालकसहित आज बैतडीमा दुई जना मृ त फेला परेका छन् । सुर्नया गाउँपालिका– ५ कक्स्याली ४७ वर्षीय ध्वजबहादुर विष्ट असोज २९ गते घोडधौनीस्थित दाजुको घरबाट आफ्नो घर जान्छु भन्दै हिँडेकामा आज बिहान १० बजे कक्स्यालीमा मृ त फेला परेका हुन् ।

उनको मृ त्युको कारण खुल्न नसके र घ ट नाबारे थप अनुसन्धान भइरहेको प्र ह री प्रवक्ता दर्शन खड्काले जानकारी दिनुभयो । यसैबीच डिलाशैनी–४ मठैराजका पाँच वर्षीय सुभम विष्ट पनि मृ त फेला परेका छन् ।

सुभमको श व दोगडाकेदार–६ चम्तडी नजिक चौलानी नदी किनारमा भेटिएको प्र ह रीले जनाएको छ । कात्तिक २ गते सुभमकी आमा २८ वर्षीया जयन्ती विष्टले सुभमसहित जमाडी नदीमा हाम फालेकी थिइन् ।

जयन्तीको अवस्था अझै अज्ञात रहेको छ । जयन्तीका श्रीमान् घरमै छन् । घ ट नाबारे अनुसन्धान अगाडि बढाइएको ताइएको छ ।

प्रतिक्रिया