पाँचौ शृङ्खलामा काव्य गुञ्जन

admin

काभ्रे, २८ पुस : शनिबार काभ्रेको बनेपा नगरपालिकाको हलमा काव्य गुञ्जन-५, पाँच जना स्रस्टाको रचना सुन्दै सम्पन्न भएको छ । ‘आमा’ कवितामार्फत प्रस्तुति सुरु गरेका कवि सुर्यप्रसाद लाकोजुले २ चरणमा गरि आफ्ना ८ थान कविता प्रस्तुत गरे । त्यसैगरी कवि देबु लुइँटेलले आफ्ना ६ थान छन्द कविता प्रस्तुत गरिन ।

गजलकार आर्य आयुषाले आफ्ना ६ थान बहर गजल प्रस्तुत गर्दा अर्का गजलकार निश्चल दाहालले ८ थान स्वतन्त्र गजल प्रस्तुत गरे भने मुक्तक तर्फ आफ्नो प्रस्तुति दिएका सुनिल अधिकारीले आफ्नो १० थान मुक्तक प्रस्तुत गरे । कविता, गजल र मुक्तकको त्रिवेणी मानिने काव्य गुञ्जनमा हरेक शृङ्खलामा ५ स्थापित स्रस्टाले फरक फरक बिधामा आफ्नो प्रस्तुति दिने गर्छन् ।

हातेमालो साहित्य संगम, काभ्रेको सहकार्यमा काव्य गुञ्जन समुहले त्रैमासिक रुपमा आयोजना गर्ने विशेष वाचन शृङ्खलामा अभियन्ता रमेश घिमिरे ‘कर्मशिल’ले स्वागत मन्तव्य राखे भने अर्का अभियन्ता रामचन्द्र लम्सालले धन्यवाद ज्ञापन गरे । काभ्रे र आसपासका जिल्लाबाट उपस्थित १०० भन्दा बढी साहित्यप्रेमिको उपस्थिति रहेको कार्यक्रममा संयोजक अदिप अधिकारीले वाचक स्रस्टालाई सम्मान गरे भने छवि श्रेष्ठले सहजीकरण गरे ।

करिब २ घण्टा चलेको कार्यक्रममा सृजना वाचनको माहोलले उपस्थित दर्शकको राम्रै मन जितेको त थियोनै जुनकीरी साहित्यिक अभियानको समेत सहकार्य रहेको थियो । हातेमालो साहित्य संगम, काभ्रेले मासिक रुपमा नियमित रचना वाचन शृङ्खला चलाइरहेको छ भने काव्य गुञ्जनको अर्को शृङ्खला आगामी चैत्रको अन्तिम शनिबार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू