पाँच किलो चरेससहित महिला पक्राउ

राष्ट्रिय समाचार समिति

रुकुमपूर्व, ४ कात्तिक : प्रहरीले एक महिलालाई पाँच किलो चरेससहित पक्राउ गरेको छ । पुथाउत्तरगङ्गा गाउँपालिका –१२ को क्युबाङबाट २७ वर्षीया शीला सुनारलाई उक्त परिमाणको चरेससहित पक्राउ गरेको हो ।

सोही ठाउँको गर्खानीबाट क्युवाङतिर लैजाँदै गरेको चरेस गएराति प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरी चरेससहित महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताउनुभयो । सुनारलाई आज २० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया