पाँच दिनमा २७ करोडको कोकिन बरामद

admin

काठमाडौं, पुस ७ : प्रहरीले पाँच दिनको अवधिमा झन्डै २७ करोड रुपैयाँ मूल्य बराबरको नौ किलो अवैध लागुऔषध कोकिन बरामद गरेको छ। छोटो अवधिमा बरामद यो अहिलेसम्मकै ठूलो परिमाणको लागुऔषध हो।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले गत मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो कोकिन बरामद गरकेो थियो। सोही ठाउँबाट ब्युारोले शनिबार पुनः ६ किलो कोकिन बरामद गरेको छ।

बरामद कोकिनको मूल्य झन्डै २७ करोड रुपैयाँ पर्ने समाचार नयाँ पत्रिका दैनिकमा छ। प्रहरीका अनुसार उत्पादन अत्यधिक बढेकाले पछिल्लो अवधिमा कोकिन प्रतिग्राम ३० हजार रुपैयाँमा बिक्री हुँदै आएको छ।

प्रतिक्रिया